एबीसीलाई उपाधि

एजेन्सी
माघ १३, २०७५
final photo_Fotor

पोखरा, १२ माघ। बगर भाइखलकले आयोजना गरेको आठौं रञ्जित गुरुङ स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता उपाधि अमरसिंह ब्याइज क्लब (एबीसी) ले जितेको छ।

शनिबार फाइनलमा भारतको पाहुना टोली कोलकत्ता भेट्रानलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उसले उपाधि उचालेको हो।

निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा कोलकत्ताका खेलाडी आलोक दे को प्रहार बारमा ठोक्किँदा एबिसी भाग्यमानी बन्यो । विजेताले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यसअघि, एबिसीले २०६८ देखि २०६९ सम्म लगातार जित हासिल गर्दै उपाधि माथि नै कब्जा जमाएको थियो।

शनिबार नै भएके सेमिफाइनलमा एबिसीले चावहिल काठमाडौंलाई टाइब्रेकरमा ३–२ र कोलकत्ता भेट्रानले एक्स पोखरा भेट्रानलाई ४–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगितामा एबीसीका सञ्जय गुरुङ सवोर्त्कृष्ट खेलाडी घोषित भए। सवोर्त्कृष्ट गोलरक्षकमा एबीसीका रविन शाही, कोलकत्ताका शाहिक सिकन्दर सवोर्त्कृष्ट डिफेण्डर घोषित भए। उनीहरुले जनही ५ हजारसहित ट्रफी प्राप्त गरे।

कोलकत्ताका कमल भुनियाले सर्वाधिक ७ गोल गर्दै ५ हजार साथमा ट्रफी पाए।

विजयीलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, हिमश्री फुड्सका निदेर्शक प्रकाश केसी, नेपाल ओलम्पिक कमिटी सदस्य तेज गुरुङ, मुख्य प्रायोजकतर्फबाट मेजर (रि) खुसीमान गुरुङ एमभिओ र उनकी धर्मपत्नी मञ्जु गुरुङ, बगर भाइखलक यूकेका भानु गुरुङ, ओमप्रकाश गुरुङ, कुमार गुरुङ, धनु थकाली, तमुधी यूकेका संस्थापक अध्यक्ष मीन गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

बगर भाइखलक अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका महासचिव याम गुरुङले गरेका थिए।

गत माघ ८ देखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width