काठमाडौँ, १० माघ । समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश ३ तथा ७ सय ५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन्।
कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश ३ मा १३ हजार ६ सय ८४ र काठमाडौँ महानगरमा ७ हजार २ सय १२ कर्मचारीले आवेदन फाराम भरेका छन्।
प्रदेशमा ५८ हजार ६ सय २३ ले समायोजन फाराम भरेकामध्ये सबभन्दा बढी प्रदेश ३ मा १३ हजार ६ सय ८४ ले रोजेका छन्। प्रदेशको कूल दरबन्दी २२ हजार ७ सय ५५ मध्ये आधाभन्दा बढी प्रदेश ३ रोजेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले जानकारी गराइन् ।
मन्त्रालयले गत पुस ११ गतेदेखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो। प्रदेशमा सबभन्दा थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ। सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९८ कर्मचारीले मात्र रोजेका छन्।
समायोजनका लागि एक कर्मचारीले सातवटै प्रदेश फाराम भर्न पाउने व्यवस्था गरिएको छ। कर्मचारीको दोस्रो रोजाइमा प्रदेश ५ परेको छ। प्रदेश ५ मा १० हजार ४ सय ४९ कर्मचारीले समायोजनका लागि फाराम भरेका छन्। यस्तै क्रमशः तेस्रोमा प्रदेश १ मा नौ हजार २ सय ९०, चौथोमा प्रदेश ४ मा सात हजार ९ सय ८४, पाँचौँमा प्रदेश २ मा छ हजार ९ सय २७ र छैठौँमा पाँच हजार २ सय ६ रहेका छन्।
प्रदेशमा २२ हजार ७ सय ५५ कर्मचारी आवश्यक रहेकोमा ५८ हजार ६ सय २३ कर्मचारीले समायोजनका लागि फाराम भरेका थिए। कर्मचारीको रोजाइमा ७ सय ५३ स्थानीय तहमा सबभन्दा बढी काठमाडौँ महानगरपालिका नै कर्मचारीको रोजाइमा परेको छ।
काठमाडाँ महानगरमा समायोजन हुनका लागि ७ हजार २ सय १२ कर्मचारीले आवेदन फाराम भरेको उनले बताए। स्थानीय तहमा तीन लाख ५४ हजार २ सय २५ ले समायोजनका लागि फाराम भरेका छन्।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९