उदय माविको ६० औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ११, २०७५
dhampus udaya ma ve school photo_Fotor

उदय माविको ६० औं वार्षिकोत्सवमा वर्ष शिक्षकबाट कृष्ण कुँवरलाई सम्मान गरिँदै। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, १० माघ। उदय माध्यमिक विद्यालय, धम्पुसको ६० औं वार्षिकोत्सव एवं अभिभावक दिवस विहीवार सम्पन्न भयो। सो अवसरमा पुरस्कार एवम् छात्रवृत्ति वितरण गरियो।

कार्यक्रम उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिकाका सुशासन समिति संयोजक तथा वडाध्यक्ष समबहादुर गुरुङले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्घिका लागि सरोकारवालाबीच तालमेल हुनुपर्ने औँल्याउँदै उदय माविलाई प्राविधिक शिक्षालयका रुपमा विकास गरिनुपर्नेमा जोड दिए। उनले धम्पुसस्थित पृथ्वीनारायण माविलाई पर्यटन कलेजका रुपमा विकास गर्ने योजना रहेको सुनाउँदै आफ्नो पहलमा गाउँपालिका मार्फत विद्यालयमा खानेपानी तथा मञ्च व्यवस्थापनमा सहयोग गरेको स्मरण पनि गरे।

गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा ९ का अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले विद्यार्थीलाई आफ्नो सन्ततीका रुपमा लिन शिक्षकहरुलाई आग्रह गर्दै विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सरोकारवालाको बृहत् भेला राख्न आग्रह गरे। उनले धम्पुस आफैमा पर्यटकीय क्षेत्र भएको चर्चा गरेका थिए।

नेकपा माछापुच्छ्रे गाउँपालिका संयन्त्र सदस्य बैकुण्ठ भण्डारीले विद्यालयमा विद्यार्थी सङख्या बढाउन तथा शैक्षिक गुणस्तरमा जोड दिन अनुरोध गरे। उनले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक आफ्नो अध्यापन कार्य प्रति विश्वस्त रहने वातावरण नबनेसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्घि हुन नसक्ने औँल्याए।

त्यस अवसरमा लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र गुरुङ, समाजसेवी खड्कबहादुर गुरुङ, पृथ्वीनारायण माविका अध्यक्ष कुलप्रसाद भण्डारी, पृथ्वीनारायण माविका प्रधानाध्यापक रुद्रप्रसाद भण्डारी, चन्दादाता भक्तबहादुर गुरुङ, भूपू अध्यक्ष गोपाल भण्डारी, भूपू प्रअ कुलबहादुर भण्डारी, विद्यार्थी मञ्चका अध्यक्ष यमप्रसाद भण्डारी लयातले विद्यालयमा प्राविधिक घारतर्फ कक्षा ११ र १२ संचालन पनि गर्नुपर्ने जनाए।

विद्यालय प्रधानाध्यापक धनबहादुर क्षेत्रीले विद्यालयको समग्र अवस्था माथि प्रकाश पार्दै विद्यालयलाई पूर्ण मावि बनाउनतर्फ सबैको ध्यान जानुपर्ने बताए। विद्यालयप्रति चासो राख्न उनले अभिभावकलाई सुझाव पनि दिए।

कार्यक्रमबीच वर्ष शिक्षकबाट कृष्ण कुँवर, वर्ष अभिभावकबाट उदयबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो।

त्यस अवसरमा विभिन्न शैक्षिक पुरस्कार, अतिरिक्त क्रियाकलापतर्फ पुरस्कारका साथै विभिन्न पाँच छात्रवृत्तिसमेत वितरण गरिएको थियो। विद्यार्थीले विभिन्न सांस्कतिक प्रस्तुति राख्नुका साथै पिटी पनि प्रदर्शन गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नरबहादुर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक अनन्तप्रसाद अधिकारीले स्वागत तथा संचालन विद्यालयका लेखापाल अमृतकुमार भण्डारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सरस्वतीमा दन्त शिविर

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । नेलम्बो नेपालले पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा निशुल्क दन्त शिविर गरेको छ । शिविरमा शिक्षक, विद्यार्थी गरी २…
  • जीविका सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा ३ नदीपुरस्थित जीविका बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारण सभा भएको छ । जिल्ला सहकारी…
  • गैराथर सिल्पा सडकको उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुनेखालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् ।…
  • केआइइसी वुनलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । ढिकुरपोखरीमा भएको आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइइसी वुन एफसीले चुमेको छ । बुधबार फाइनलमा हेमजा युनाइटेडलाई ट्राइब्रेकरमा…
  • भारतको चेन्नइमा तीज

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समितिअन्तर्गत प्रगतिशील महिला समितिले तीज अवसरमा चेन्नईका प्रवासी नेपाली महिलाबीच…

hero news full width