लमजुङ, १० माघ। इशानेश्वर मन्दिर पुनःनिर्माण पूरा भएको छ। मध्यनेपाल–७ करापुटारस्थित उक्त मन्दिर भूकम्पले क्षति पुर्याएपछि पुनः निर्माण गरिएको हो।
ठेकेदारको ढिलासुस्तीका कारणले नौ महिना ढिला गरी निर्माण गरिएको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति अध्यक्ष रामचन्द्र घिमिरेले बताए।
उनका अनुसार पूरानै ढाँचा अनुसार प्यागोडा शैलीमा निर्माण गरिएको उक्त मन्दिरमा तामाको छाना राखिएको छ। मन्दिरको अगाडि बरन्डा बनाउने र मन्दिर वरपर पर्खाल लगाउने काम बाँकी रहेको उनले बताए।
उनले भने, ‘पूरातत्व विभागको एक करोड २० लाख ६८ हजार रुपैयाँको सहयोगमा इशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण गरेको हो, मन्दिरको २४ मिटर लम्बाइ र १५ मिटर चौडाइ छ।’
भक्तपुरे इँट्टाको प्रयोग गरी निर्माण गरिएको मन्दिरमा गजुर भने पूरानै राखिएको छ। पूरानो तामाको गजुरमा केशरी रङ लगाएर राखिएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष युवराज घिमिरेले बताए। उनका अनुसार स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार उक्त स्थानमा सतिदेवीको दाहिने तिघ्रा पतन भएको विश्वास गरिन्छ। मन्दिरका झ्याल, ढोका ताथ टुडाँलमा देवीदेवता विष्णु, शिव, भैरवलगायत हातले कुदिँएका मूर्तिले सजाइएको छ।
मन्दिरको नाममा १४ रोपनी जग्गा रहेको छ। मन्दिर क्षेत्रमा एक सय आठ धारा निर्माणको काम भइरहेको छ।
सो मन्दिरको इतिहास करीब ६ सय वर्ष लामो रहेको तत्कालीन इशानेश्वर गाविसका अध्यक्ष विष्णुहरि घिमिरेले बताए। उनका अनुसार विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरी दिएका थिए।
उक्त पवित्र तीर्थस्थलको प्रचारप्रसार तथा व्यवस्थापनका लागि इशानेश्वर मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गर्दै आएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए। उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन फागुन १६ देखि २१ गतेसम्म आयोजना गरिएको ‘मध्यनेपाल धार्मिक महोत्सव तथा धार्मिक मेला’ का लागि ५१ लाख रुपैयाँ नगरपालिकाले सहयोग गरेको छ।
इशानेश्वरलाई नेपालमा पशुपतिनाथ मन्दिरपछिको दोस्रो महत्वको मन्दिर मानिन्छ ।
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०