पोखरा, १० माघ । गण्डकी प्रदेश उपसभामुखका स्वकीयसचिव प्रकाश शर्माले आफ्नो २८ औं जन्मदिनमा विपन्न वर्गका विद्यार्थी एवम् व्यक्तिलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेका छन् ।
शान्तिघाट टोल विकास संस्थाद्वारा विहीवार आयोजित कार्यक्रममा उनले पाँच जना विद्यार्थीलाई स्टेशनरी सामाग्री र छ जना व्यक्तिलाई जनही एक बोरा चामलसहित न्यानो कपडा प्रदान गरेका हुन् । सो सहयोग गर्न पाउँदा आफू हर्षित बनेको बताउँदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने शर्माले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य कृष्णबहादुर थापाले जन्मोत्सवमा फजुल खर्च कटौती गरी भएको सहयोग अनुकरणीय हुने बताए।पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षेत्रीले यस कार्यले समाजमा आपसी भाइचारा बढाउने बताए । टोल विकास संस्था अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी दामोदर शर्मा, हरिकृष्ण भट्टराई, शान्तिघाट आमा समूह अध्यक्ष नीरु रानाभाट र लक्ष्मी पहारीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९