विपन्नका लागि स्वास्थ्य बिमा

कृष्ण दवाडी
माघ ११, २०७५

कास्की, १० माघ । माछापुच्छ्रे गाउँपालिकाले आर्थिक रूपमा विपन्न र गरीब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालन गरेको छ।

पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकम भुक्तानीमा अनुदान दिने कार्यक्रम शुरुआत गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए।

नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर दुई वर्षअघिदेखि सरकारले सामाजिक स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ।

जसमा परिवारका पाँच सदस्यले वर्षमा रु दुई हजार ५ सय तिरेर बिमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ। पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति रु ४ सय २५ बुझाउनुपर्ने छ

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारका सदस्यले वर्षमा रु ५० हजारसम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था सरकारले गरे पनि आर्थिक रूपमा कमजोर नागरिकले सो सेवा प्राप्त गर्न सकेका छैनन्।

गाउँपालिकाका नौ वटै वडाबाट स्वास्थ्य बिमामा सहभागी हुन नसकेका विपन्न र अतिगरीब दुई सय परिवारको बिमा गाउँपालिकाले गर्ने योजना बनाएको अध्यक्ष गुरुङ बताउनुहुन्छ। गाउँपालिकाले चालू आवको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर विपन्न नागरिकको स्वास्थ्य बिमाका लागि रु पाँच लाख बजेट विनियोजन गरेको थियो। जसबाट यस वर्ष दुई सय घरपरिवारका करीब एक हजार परिवारले स्वास्थ्य बिमाबाट लाभ लिन सक्ने उनले बताए।

“नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु गाउँपालिकाको अधिकार क्षेत्रभित्रको विषय हो,” उनले भने, “नागरिकको अधिकारको संरक्षण गर्न, आर्थिक रुपले विपन्न बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम शुरुआत गरेका हौँ।”

गाउँकार्यपालिकाको गत हप्ताको बैठकले बिमामा अनुदान दिनेसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै स्वास्थ्य बिमामा सहभागी हुन नसकेको परिवारको तथ्याङ्क सङ्कलन वडा वडामा शुरु गरिएको गाउँपालिका स्वास्थ्य संयोजक हरिलाल आचार्यले बताए। वडा कार्यालयले वडाअन्तर्गतका गरीब घरपरिवारको पहिचान गरी उनीहरूको आवेदन दर्ता गर्ने उनको भनाइ छ। आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण (रेमिट्यान्स) तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिने आचार्यले बताए।

सङ्घीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राही भने यस कार्यक्रममा सहभागी हुन नसक्ने जनाएको छ। गरीब, विपन्न तथा अन्य लक्षितवर्गका परिवारले बिमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरूको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थाहरूमा ऋण लिए नलिएको लगायतका विवरण भर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

कास्कीमा स्वास्थ्य बिमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्य उपचारको सेवा लिन पाउनेछन्। आकस्िमक उपचारको हकमा भने मणिपाल र गण्डकी मेडिकल कलेजमा पनि उपचार गर्न सक्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको सिफारिशमा अन्य सरकारी अस्पतालबाट समेत सेवा लिन सक्ने व्यवस्था गरिएको छ। रासस

Related News

सम्बन्धित समाचार

  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…
  • नेरेसो उपशाखा ८ को सभा

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ । सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस…
  • रैथाने अन्नबाली खान जोड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा डा. सुधाश्री अधिकारी…
  • कालिका क्याम्पस अध्यक्षमा किरण केसी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि…

hero news full width