पोखरा, १० माघ । पर्वतको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पुस मसान्तसम्म ७९ लाख २५ हजार नाफा आर्जन गर्न सफल भएको छ।
गत वर्षको सोही अवधिमा १८ लाख १ हजार ७ सय ८७ नाफा गरेकोमा यस वर्ष ४३९ प्रतिशतले नाफामा वृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए।
संस्थाको कोषमा हाल ४३ लाख १० हजार ५५ रहेको छ भने प्रतिसेयर आम्दानी १२.५१ रहेको जनाइएको छ।
संस्थाले सर्वसाधारणका लागि ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दर्ता गरिसकेको छ । वित्तीय संस्थाको कार्यक्षेत्र १० जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहुँ, लमजुङ, कास्की र गुल्मीबाट २५ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह भइरहेको छ ।
संस्थाको अधिकृत पुँजी ३० करोड, जारी पुँजी १४ करोड ४३ लाख ३० हजार र चुक्ता पुँजी ९ करोड ८० लाख रहेको छ।
संस्थाले गरीब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १३ हजार २ सय ४ जना ग्राहक सदस्यबाट पुस मसान्तसम्म १५ करोड ४८ लाख ८८ हजार रुपैयाँ बचत संकलन गरेको छ।
वित्तीय संस्थाले ७ हजार ४ सय ६८ जना सदस्यलाई १ अर्ब ६० करोड ५ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ८ करोड ७५ लाख १८ हजार असुली भई हाल ५१ करोड ३० लाख १ हजार रुपैयाँ लगानीमा रहेको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९