पोखरा, १० माघ। रोटरी क्लब अफ पोखरा फिस्टेल र एडुटेक नेपालको संयुक्त आयोजनामा श्रीकृष्ण मावि मासबार र शीतला मावि रानीपौवामा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको छ।
सामुदायिक विद्यालयमा विद्यार्थीको सूचना प्रविधिको ज्ञानलाई बढाउने र प्रविधि क्षेत्रमा सक्षम बनाउने उद्देश्यले विहीवार एक कार्यक्रम आयोजना गरी कम्प्युटर ल्याब हस्तान्तरण गरिएको हो।
प्रमुख अतिथि एडुटेक नेपालका संस्थापक माईक चिस्लोम र उनकी पत्नी शेरिलले विद्यालयलाई २५/२५ थान कम्प्युटर हस्तान्तरण गरेका हुन्।
माईक चिस्लोमले नेपालभर नै कम्प्युटर ल्याबको स्थापना गरी हरेक विद्यालयलाई प्रविधिमैत्री बनाउन चाहेको बताए।
एडुटेक नेपालका कन्ट्री डाईरेक्टर आकाश दासले कम्प्युटरको प्रयोग, विधि लगायतबारे जानकारी गराए।
श्रीकृष्ण माविका प्राचार्य टीकाराम लामिछानेले विद्यालयमा कम्प्युटर ल्याब प्रदान गरेकोमा आभार व्यक्त गरे। उनले विद्यार्थी साथै शिक्षकलाई समेत पठनपाठन गर्न गराउन ठूलो मद्दत मिलेको बताए।
विद्यालय व्यवस्थापन समिति सदस्य एवं वडा प्रतिनिधि किशोर बरालले विश्व नै प्रविधिसँग गाँसिएको अवस्थामा शिक्षा क्षेत्रमा प्रविधिको स्थान व्यापक रहेकोले सामुदायिक विद्यालयमा रोटरी र एडुटेकले गरेको सहयोगको प्रशंसा गरे।
कक्षा ९ की छात्रा सञ्जीवी राईले विद्यालयमा प्रविधिको विस्तारले आफूहरुलाई पढ्नका निम्ति थप उर्जा प्रदान गरेको बताइन्।
सो कार्यक्रममा रोटरी क्लब अफ पोखरा, फिस्टेलका पूर्व अध्यक्ष विष्णुहरि तिमिल्सिना, रमाकान्त बराल, लक्ष्मी थापा गिरी, उपाध्यक्ष रमेशप्रसाद कोइराला, कोषाध्यक्ष लक्ष्मी कँुवर र क्लब एड्मिन चियर अशोक चालिसेको उपस्थिति रहेको थियो।
रोटरी क्लब अफ पोखराका अध्यक्ष बाबुराम पाठकको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन क्लबका सचिव दीपक पोखरेलले गरेका थिए।
कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९