पोखरा, ९ माघ। स्वतन्त्र पत्रकार संघ नेपालको नवलपुर जिल्लामा शाखा विस्तार भएको छ। संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र महासचिव नवराज पहाडीको उपस्थितिमा गैँडाकोटमा भएको पत्रकारहरूको भेलाले रामहरि शर्मा अधिकारीको अध्यक्षतामा नवलपुर जिल्ला समिति गठन गरेको हो ।
समिति उपाध्यक्षमा इन्द्रराज पौडेल, सचिवमा सविता तिवारी, सहसचिवमा योगेन्द्र कोइराला, कोषाध्यक्षमा सरु चापागाई चयन भएका छन् ।
सदस्यमा दिनेश कँडेल, प्रेम क्षेत्री, अमृत पौडेल र लक्ष्मी अधिकारी रहेका छन् ।
साथै, राष्ट्रिय पार्षदमा वरिष्ठ साहित्यकार तथा पत्रकार गोविन्दराज विनोदी र प्रदेश पार्षदमा फोटो पत्रकार भीमप्रसाद शर्मा चयन भएको समिति सचिव सविता तिवारीले जानकारी दिइन्। भएको भेलाबाट गठित समिति संघको १७ औं शाखा हो ।
जिल्ला अध्यक्ष शर्माले निकट भविष्यमा नवलपुर र चितवनलाई लक्षित गरी आधारभूत पत्रकारिता तालिम सञ्चालन गरी संघको संस्थागत विकासमा पहल गर्ने बताएका छन् ।
यसै हप्ता बुटवलमा बसेको राष्ट्रिय समितिको बैठकले चैत मसान्तभित्र जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गरी २०७६ वैशाख १६ गते चौथो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९