लमजुङ, ९ माघ। काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रेसविरोधी रबैया काँग्रेसलाई सैह्य नहुने बताएका छन्।
नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले नेपाल सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरेमा सरकारका बिरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए ।
ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको बताउँदै देउवाले प्रेसदेखि कर्मचारीतन्त्रसम्म सरकार हस्तक्षेप गर्न लागि परेको दाबी गरे । देउवाले भने, ‘सरकार सबै क्षेत्रको हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ, यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिन्छौं।’
सरकार अराजक शैलीमा उत्रनु मुलुकका लागि दर्भाग्य भएको बताउँदै काँग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको छ, रहिरहने छ, त्यसमा हुने हस्तक्षेप स्वीकार्य हुँदैन, हामी सहन्नौँ। उनले भने, ‘हामी इन्डिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं।’ सही सूचना दिन पत्रकार लाग्नु पनेर्मा उनको जोड थियो। प्रेसका अंकुश लागेमा जनताको सुरक्षामा समेत प्रश्न उठ्ने उनले बताए। अहिले देशमा हत्या हिंसाको घटनामा वृद्धि हुँदासमेत सरकार मुकदर्शक बनेको बताउँदै काँग्रेस सभापति देउवाले सरकारले निर्मला पन्तको हत्यारलाई बचाउन घटनामा भेटिएको सबै प्रमाण नष्ट गरेको छ भने। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले वर्तमान सरकारले हावादारी गफ लगाउँदै हिँडेर विकास निर्माणका क्षेत्रमा केही काम नगरेको आरोप लगाए। “नब्बे प्रतिशत राष्ट्रिय योजना काँग्रेस सरकारकै पालामा शुरुआत भएका हुन्”, उनले भने, “कम्युनिष्टहरू हावादारी कुरा मात्र गर्छन, काम केही गर्दैनन्, काम केही नगर्ने र अरुले गरेका राम्रा काम पनि आफैँले गरेको भन्दै हिँड्ने प्रवृत्ति कम्युनिष्टमा हावी भएकाले विकासले गति लिन सकेको छैन।”
नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कम्युनिष्ट सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी संसदीय शासन व्यवस्थामाथि नै हस्तक्षेप गरेको आरोप लगाए। कम्युनिष्ट सरकारले ल्याउन खोजेको अधिनायकवादका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।
काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत, दिलबहादुर घर्ती, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्वसहायक मन्त्री डा रामचन्द्र अधिकारी, काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल सहितले मन्तव्य व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१