महाशिलामा निःशुल्क स्वास्थ्य शिविर

एजेन्सी
माघ १०, २०७५
mahashila_Fotor

पोखरा, ९ माघ । पर्वतको महाशिला–५, लुंखु स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ पोखरा फेवा सिटी, लायन्स पोखरा लालीगुराँस, लायन्स पोखरा डेष्टिनेशन, लायन्स पोखरा पिस होम, लायन्स पोखरा वर्कि· टुगेदरको अयोजनामा शिविर भएको हो ।

गण्डकी मेडिकल कलेज पोखरा र मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरको स्थानीय व्यवस्थापन महाशिला वडा ५ ले गरेको थियो । शिविरमा एक हजार जनाले स्वास्थ्य जाँच गराएको बताइएको छ । कार्यक्रममा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

प्रमुख अतिथि महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले शिविरले स्वास्थ्य सेवामा पहुँच पु¥याउन मद्दत मिलेको बताए ।

लायन्स क्लब ३२५ वि वान डिष्ट्रिक पिआरओ इन चिफ परमेश्वर बरालले  स्वास्थ्यको पहुँच नपुगेको ठाउँमा सेवा दिन सधैँ लायन्स क्लब तयार रहेको बताए ।

रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले शिविरमा यहाँका स्थानीवासी लाभान्वित भएकोमा खुसी व्यक्त गरे ।कार्यक्रममा महाशिला ५ का अध्यक्ष जीवन विक्रम उचै, जोन चियरपर्सन लक्ष्मी बराल, लायन्स पोखरा डेष्टिनेशन अध्यक्ष डा सरस्वती न्यौपाने शर्मा, लायन्स क्लब अफ पोखरा पिस होमकी अध्यक्ष लक्ष्मी केसीले बोलेका थिए ।

लायन्स पोखरा फेवा सिटी अध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लयान्स पोखरा फेवा सिटीकी कुलमाया पौडेलले स्वागत र लायन्स पोखरा वर्कि· टुगेदर अध्यक्ष कृष्ण भण्डारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width