पोखरा, ९ माघ । २८५५ औ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराको आयोजनामा माघ १२ गते ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा हुँदैछ ।
पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ज्याक तामाङले भने, ‘भाषा, संस्कार र संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकालसम्म जीवन्त बनाइराख्न कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौ ।
उनले भने ‘अगाडिका संस्करणमा सहभागी नानीहरूले आफ्नो जाति, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले पनि हामी हाम्रो उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं।’
प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरू प्रतिस्पर्धीका रूपमा सहभागी छन्। सहभागीहरूमा काठमाडौंका रीता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, बिरौटाका कुसुम तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रीस्ता घिसिङ, काठमाडांैका जेमिना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रीति तामाङ रहेका छन्।
प्रतियोगीहरूलाई विभिन्न तालिम प्रदान गरिएको आयोजकले जनाएको छ। तालिममा महानायक राजेश हमाल, कलाकार सन्दीप क्षेत्री, हरिहर अधिकारी, जीपी तिमिल्सिनाले सहजीकरण गरेका थिए।
यसैगरि गायक राजु लामा, गायिका तृष्णा गुरुङ लगायतले समेत तालिम प्रदान गरेका थिए। तालिममा प्रतियोगीहरूलाई तामाङ भाषा, संस्कार, परम्परा, भेषभुषा, रहनसहन तथा धर्मका विषयमा जानकारी प्रदान गरिनुका साथै व्यक्तित्व, नेतृत्व विकास, सार्वजनिक भाषणकला, महिला सशक्तिकरण, सकारात्मक सोँच, आत्मरक्षाका विषयमा पनि प्रशिक्षण गराइएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताइन ।
कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणाधीन रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने बताइएको छ।
पत्रकार सम्मेलनमा मिस तामाङ पोखरा २०१८ कविता योञ्जनले अन्य सौन्दर्य प्रतियोगिताभन्दा मिस तामाङ पोखरा पृथक रहेको बताइन् ।
विजेतालाई ताज, ट्रफीसहित ५० हजार रूपैयाँ साथमा म्यूजिक भिडियोको अवसर मिल्नेछ ।
फस्ट रनर अपले ३० हजार, सेकेण्ड रनर अपले फस्ट रनर अपले २० हजार र भ्यूवर्स च्वाइसले १५ हजार पुरस्कार समेत प्राप्त गर्ने छन्।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९