पोखरा, ७ माघ । स्वतन्त्र पत्रकार संघ नेपालद्वारा सञ्चालित सामाजिक पत्रकारिता पुरस्कार–२०७५ को लागि प्रतिभा चयन समिति गठन भएको छ।
संघको शनिबार बुटवलमा बसेको राष्ट्रिय समितिको बैठकले अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा पाँच सदस्यीय चयन समिति गठन गरेको हो।
समितिका सदस्यमा पृथ्वीनारायण क्याम्पस समाजशास्त्र विभागका प्रमुख प्राडा विश्वकल्याण पराजुली, पत्रकार दुर्गा अधिकारी, पदेन सदस्य संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र महासचिव नवराज पहाडी रहेका छन्।
समाजसेवाको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। राष्ट्रियस्तरको सो पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो।
समाजसेवी लीलाभक्त आचार्यले उक्त पुरस्कारको लागि पाँच लाख एक रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् भने कोषबाट प्राप्त व्याजबाट वर्ष पुरस्कार प्रदान गरिने जनाइएको छ।
समाजसेवाप्रति प्रोत्साहन गर्ने तथा समाजसेवीहरुप्रति सम्मानको वातावरण सिर्जना गर्ने उद्देश्यले सो पुरस्कार सञ्चालन गरिएको संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९