५७ औं पटक रक्तदान गरिसकेका स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापालाई व्लड ब्याग हस्तान्तरण गरेर खुला रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभासद् प्रभा कोइराला। तस्वीरः आदर्श समाज
पोखरा, ७ माघ। गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले सहकारीहरु उद्यमीशील र सेवामूलक संस्थाको रुपमा चल्नुपर्ने बताएकी छन्।
पोखरा–६, लेकसाइडस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाद्वारा आफ्नो १० औँ वार्षिकोत्सव उपलक्ष्यमा सोमबार आयोजित रक्तदान कार्यक्रम उद्घाटन गर्दै कोइरालाले उक्त कुरा बताएकी हुन्।
‘सहकारीले धेरै नाफा खोज्नु गलत हो’, उनले भनिन्, ‘धेरै नाफा खोज्नेहरुले सहकारी होइन कम्पनी खोल्नु उपयुक्त हुन्छ।’
सहकारी अभियन्तासमेत रहेकी सांसद कोइरालाले सहकारीले देशमा दैनिक उपभोगका सामान उत्पादनमा प्रोत्साहन गर्नुपर्ने बताइन्। साथै, रक्तदानको महत्वबारे प्रकाश पार्दै उनले भनिन्, ‘आफ्नो शरीरको रगत झिकेर अरुको जीवन बचाउन गर्ने दानलाई कसैले पनि कम ठान्नु हुँदैन।’
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले रक्तदान निःस्वार्थ दान भएको उल्लेख गरे।
नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज पौडेलले सोसाइटीले वृद्धवृद्धा, असहाय एवम् सुत्केरीलाई सेवा शुल्क समेत नलिई निःशुल्क रगत प्रदान गर्ने नीति लिएको बताए।
कार्यक्रममा रक्तदाता तुलसी बराल, वडा सदस्य हरिकृष्ण पहारी, समाजसेवी डिल्लीराम अधिकारी, मंगल नेपाली, नागरिक समाजका संयोजक विष्णुहरि पहारी,संस्थाका सल्लाहकार अध्यक्ष इन्द्रप्रसाद पौडेल, शिशु विकास केन्द्रका उपाध्यक्ष विष्णु केसी, मितेरी आमा समूहका अध्यक्ष मीरा पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक विजय पहारीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन सचिव नारायणप्रसाद अधिकारीले गरेका थिए।
सहयोग प्रदान
उपकार बचत तथा ऋण सहकारी संस्थाले वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न सामाजिक संघसंस्थालाई सहयोग प्रदान गरेको छ। संस्थाले शिशु विकास केन्द्रलाई फोटोकपी मेसिनसहित खाद्य सामग्री उपलब्ध गराएको छ। यसैगरी आरती सेवा समितिलाई पाँच थान कुर्ची र स्थानीय आमा तथा दिदी बहिनी समूहलाई सरसफाइ सामग्री प्रदान गरेको छ।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९