पोखरा, ७ माघ। कृषि विकास बैंक लिमिटेडको ५२ औं वार्षिकोत्सव अवसरमा पोखरामा सोमबार रक्तदान गरिएको छ।
कृषि विकास बैंक कर्मचारी संगठन नेपाल गण्डकी प्रदेशले आयोजना गरेको रक्तदानमा ३५ जनाले रक्तदान गरेको सहसंयोजक भेषराज घिमिरेले जानकारी दिए।
कृषि विकास बैंक मुख्य शाखा पोखराका प्रबन्धक चूडामणि अधिकारीले पहिलो रक्तदाता घनेन्द्र अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा प्रबन्धक अधिकारीले कर्मचारी संगठनले सामाजिक उत्तरदायित्वका लागि निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। संगठनका सल्लाहकार महेश पौडेलले पेशागत हक, हितसँगै मानवीय सेवामा संगठनले जोड दिँदै आएको उल्लेख गरे।
अर्का सल्लाहकार टेकराज तिमिल्सिनाले रक्तदान जीवनदान जस्तो कार्य गरेर संगठनले रचनात्मक काम गरेको बताए। कृषि विकास बैंक कर्मचारी संगठन नेपाल गण्डकी प्रदेशकी संयोजक तारादेवी बरालको अध्यक्षतामा भएको कार्यक्रम सहसंयोजक भेषराज घिमिरेले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९