बुटवल, ६ माघ । स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा अनिल पहाडी चयन भएका छन् । रुपन्देही शाखाको बुटवलमा सम्पन्न तेश्रो अधिवेशनले पहाडीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा चक्रपाणि डुम्रे, सचिवमा विष्णु कँवर, सहसचिव छविन्द्र भण्डारी, कोषाध्यक्षमा प्रेम बुढाथोकी, सहकोषाध्यक्षमा अम्विका थारु र सदस्यमा मोहन केसी, विनोद विष्ट, विमल भट्टराई, मनीषा अधिकारी, सुमी पन्त, ईन्दिरा हमाल, विजयलक्ष्मी खनाल, सरु वाग्ले र मिलन पंगेनी चयन भएका हुन् ।
त्यस्तै राष्ट्रिय पार्षदमा राजेन्द्रजंग रायमाझी, वीरेन्द्र पाण्डे, बाबुराम गैरे, दिनेशकुमार श्रेष्ठ, अशोक गौतम क्षितिज र सीता दर्नाल चयन भए।
प्रदेश पार्षदमा सुदीप ढकाल, गोविन्द रसाइली, ईश्वर पौडेल, प्रीया अधिकारी, रमेश सिलुवाल, दिवस विष्ट र सन्तोष पुन रहेका छन्। संघका राष्ट्रिय महासचिव नवराज पहाडीको संयोजकत्वमा गठित निर्वाचन कमिटी सदस्यमा गण्डकी प्रदेश संयोजक दीननाथ बराल र अर्घाखाँची शाखाका राष्ट्रिय पार्षद डिआर सुमन थिए ।
यसअघि, अधिवेशन उद्घाटन गर्दै प्रदेश ५ का सांसद कमलादेवी विश्वकर्माले सत्य, तथ्य र खोजमूलक पत्रकारिता आजको आवश्यकता भएको बताइन्। पत्रकारले स्वतन्त्र ढंगबाट सरकारलाई समेत मार्गदर्शन हुने गरी कलम चलाउन आग्रह गरिन् । परिवर्तनलाई व्यवस्थित गर्न पत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘सरकारको पहुँच नपुगेका ठाउँमा पत्रकार पुग्नु पर्छ ।’
संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारिताको रक्षा गर्न पत्रकार निष्पक्ष हुनुपर्नेमा जोड दिए । उनले संघको हालसम्म १६ जिल्लामा शाखा विस्तार भएको बताउँदै आगामी वैशाख १६ गते महाधिवेशन गर्ने तयारी गरिएको जानकारी दिए । रुपन्देहीका अग्रज पत्रकार बाबुराम अधिकारीले लहडमा कसैले पत्रकारिता गर्न नहुने सुझाव दिए ।
पूर्व सांसद विनोद पहाडीले स्वतन्त्र पत्रकार संघमा सबै अट्ने बनाउन आग्रह गरे ।
पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागार्इँले समाजको हित हुने गरी स्वतन्त्र पत्रकारिता गर्दा पार्टीबाटै कारबाही हुनुपरेको गुनासो गरे । उनले भने, ‘मैले समाजको लागि करोडौंको सार्वजनिक जग्गाको विषयमा उठाएको मुद्दाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्मानित हुँदा पार्टीबाट कारबाही हुनुपर्यो ।’
संघका महासचिव नवराज पहाडीले पत्रकारितामा धर्म, कर्म र इमानदारिता आवश्यकता भएको बताए । राजनीतिक दलको आडमा गरिने पत्रकारिता देख्न, लेख्न, थेग्न नसक्ने बताए ।
संघ रुपन्देही शाखाका अध्यक्ष बाबुराम गैरेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पत्रकार महासंघ प्रदेश ५ का सदस्य विक्रम खड्का, महासंघ रुपन्देही शाखाका सह–सचिव विनोद परियार, कृषि पत्रकार समाज रुपन्देहीका अध्यक्ष कृष्ण खनाल लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत संघका जिल्ला उपाध्यक्ष अनिल पहाडी र संचालन सदस्य सुदीप ढकालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९