खोलावेसी टोल विकास संस्थामा आचार्य

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५
kholabesi 2

पोखरा, ६ माघ।खोलाबेसी टोल विकास संस्थाको अध्यक्ष कृष्णराज आचार्य निर्वाचित भएका छन्। पोखरा महानगरपालिका वडा नम्वर ३१ मा रहेको खोलाबेसी टोल विकास संस्थाको शनिबार सम्पन्न चौधौं वार्षिक साधारण सभा एवं चौथो अधिबेशनबाट आचार्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा सुर्य प्रसाद सुवेदी, सचिबमा कमल सुवेदी, सहसचिवमा शिवहरी सुवेदी र कोषाध्यक्ष रमादेबी दाहाल सुवेदी चयन भएका छन् । यसैगरी सदस्यहरुमा सन्तोस सुवेदी, सुर्यमोहन बराल, महेश गुरुङ, बिक्की सुवेदी, रोषनी गौतम र रुकमाया सुवेदीलाई चयन गरिएको छ । संस्थाका सल्लाहकारहरुमा शंकर सुवेदी, रामचन्द्र सुवेदी, कुलप्रसाद सुवेदी, शिबराज आचार्य, बैन बहादुर गुरुङ, मनहरी सुवेदी, बलराम सुवेदी, कुम्भसिंह गुरुङ, नेत्र प्रसाद बराल, छविराम सुवेदी र टेकनाथ बराललाई मनोनित गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्वर १ का सांसद खगराज अधिकारीले आफ्नो ठाउँको विकासका लागि आफै जागरुप हुनुपर्नेमा जोड दिदै आफ्नो गाउँ आफै बनाउ भन्ने निति अबलम्वन गर्न जरुरी रहेको बताए । अहिले अधिकार पहिला जस्तो केन्द्रमा मात्रै सिमित नरहेको भन्दै अधिकारीले प्रदेश, स्थानिय तह र वडा कार्यलयहरु आफै सरकार भएको र यि तहहरुबाटै विकास निर्माणका काम गरिने भएकोले केन्द्रको मुख नताक्न पनि आग्रह गरे ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले स्थानिय उत्पादनमा जोड दिदै खोलाबेसी किन र के का लागि आउने भन्ने बनाउन आवश्यक रहेको बताए ।

जिल्ला समन्वय समिती कास्कीका उपप्रमुख सावित्री भण्डारीले विकास निर्माणका कामको अनुगमन गर्ने आफुहरुको जिम्मा भएकोले उक्त काम जिम्मेवारी पुर्वक गर्ने भन्दै पोखरा महानगर ३१ को जनप्रतिनिधी पनि भएकोले यस क्षेत्रको विकासमा पनि सहजिकरण गर्ने बताईन् । पोखरा महानगरपालिका वाड नम्वर ३१ का अध्यक्ष कमल बहादुर थापाले अब खोलाबेसीलाई बिकट र पोखराको कर्णाली हुन नदिने भन्दै आफु खोलाबेसीको विकासका लागि सधैं अगाडि रहेको बताए ।

खोलाबेसी टोल विकास संस्थाका अध्यक्ष शंकर प्रसाद सुवेदीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपाका जिल्ला नेताहरु युवराज पौडेल, मिलन सुवेदी, शंकरनाथ पौडेल, बिजया सुवेदी, बैन बहादुर गुरुङ, पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार राममणी अधिकारी, स्थानिय नेता गणेश बहादुर थापा लगायतले बोलेका थिए ।

खोलाबेसी टोल विकास संस्थाका कोषाध्यक्ष कमल सुवेदीले स्वागत गरेको कार्यक्रमको संञ्चालन टोल विकास संस्थाका सचिब कृष्णराज आचार्यले गरेका थिए ।उक्त अवसरमा खोलाबेसी माईती हुने चेलिबेटीहरु बिच भेटघाट सहितको बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो ।

खोलाबेसी टोल पोखरा महानगरपालिकाको पुर्व क्षेत्रमा पर्ने भौगोलिक रुपमा पछि परेको बस्थी हो । सो टोलको सिमाना पोखरा महानगरपालिकाको वडा नम्वर २८, मादी गाउँपालिकाको वडा नम्वर १२ र रुपा गाउँपालिकाको वडा नम्वर ७ संग जोडिएको छ । निर्वाचित भएपछि पहिलो पटक सो स्थानमा पुगेका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्वर १ का सांसद खगराज अधिकारीसंग स्थानियबासीले तिन वटा स्थानिय तहको संगमस्थल भएर पनि आफ्नो टोल पछाडी परेको गुनासो गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width