सरकारी हस्तक्षेप बन्द गरौं : देउवा

आदर्श समाज सम्वाददाता
माघ ६, २०७५
Karmachari Union Gandaki_Fotor

पोखरा, ५ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरुमाथिको सरकारी हस्तक्षेप बन्द गर्नुपनेर्मा जोड दिएका छन् । उनले कर्मचारीमाथिको हस्तक्षेप र थिचोमिचो आफूहरुलाई स्वीकार्य नहुने प्रष्ट पारे । कर्मचारीको पक्षमा आफूहरु आन्दोलन गर्नसमेत तयार रहेको देउवाले उल्लेख गरे ।

‘प्रजातान्त्रिक आधारमा स्वतन्त्र कर्मचारीतन्त्रको कल्पना गरेको छ,’ नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेश कार्यसमितिले पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘कर्मचारीतन्त्रमाथि कुनैपनि राजनीतिक हस्तक्षेप काँग्रेसलाई सह्य हुँदैन ।’

उनले भविष्यमा सेना र जुडिसियरीमा समेत सरकारी हस्तक्षेप बढ्न सक्ने औंल्याए । प्रजातान्त्रिक मूल्य र मान्यताको खिलाफमा सरकार अघि बढेको उनको तर्क थियो । ओली सरकारले सिंगो राज्यमाथि नियन्त्रण गर्न खोलेको आरोप लगाए ।

‘चाहे शिक्षा विधेयकमा होस् । चाहे कर्मचारीमाथि होस् । सेना, प्रहरीमाथि सरकारले हस्तक्षेप गरेर नियन्त्रण गर्न खोज्दैछ,’ देउवाले भने, ‘सरकारको यस्तै रबैया रहने हो भने ओली सरकारविरुद्ध काँग्रेस सडकमा जानुपर्ने हुन्छ । पार्टी स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा छौं । ईन्डिपेन्डेन्ट पुलिस, आर्मीको पक्षमा छौं । कुनैपनि प्रकारको हस्तक्षेप सहदैनौं ।’

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मर्यादा र सीमाभित्र रहेर कर्तव्य र अधिकारलाईसँगै लिएर अघि बढ्न कर्मचारीहरुलाई आग्रह गरे । पौडेलले कर्मचारीतन्त्रको साथमा काँग्रेस रहेको बताए । उनले कर्मचारीतन्त्रबारे काँग्रेसको विचार स्पष्ट रहेको उल्लेख गरे । कर्मचारीतन्त्रमाथि आँच आए काँग्रेसले खबरदारी गर्ने पौडेलले दाबी गरे ।

‘कर्मचारीतन्त्रबारे काँग्रेसको दृष्टिकोण प्रष्ट छ,’ उनले भने, ‘कर्मचारीहरुलाई व्यवस्थापन गर्नुपर्दछ । राष्ट्रसेवक कर्मचारीहरुले आफू जहाँ बसेर पनि दायित्व निर्वाह गर्नुपर्दछ । तर, कर्मचारीहरुको वृत्ति विकासमा कहीँपनि आँच पुग्नु हुँदैन । कर्मचारीहरुको सनातनको हैसियतमा फरक पार्न हुँदैन । हाम्रो पार्टी तपाँइहरुको साथमा छ । तपाँईहरुको हरेक कदमहरुलाई हामीले साथ दिनेछौं ।’

पौडेलले आन्दोलनको तयारीमा रहन कर्मचारीसमक्ष आग्रह गरे । सरकारले नै आन्दोलन गर्ने वातावरण बनाइदिएको नेता पौडेलको भनाई थियो । प्रतिपक्षमाथि हेप्ने संविधान र प्रजातन्त्रमाथि नै थिचोमिचो गर्ने सरकारको गलत रबैया रहेको पौडेलले उल्लेख गरे ।

‘आन्दोलनका लागि सरकारले ईस्यु निर्माण गरिदिएको छ,’ उनले भने, ‘ईस्युहरुलाई काँग्रेसहरुले उपयोग गर्न सक्नुपर्छ । सडकदेखि सदनसम्म प्रतिपक्ष काँग्रेस यहाँ छ भनेर सरकारलाई सचेत गराउन सक्नुपर्छ । प्रतिपक्षको भुमिकामा काँग्रेस प्रखर रुपमा प्रस्तुत हुन जरुरी छ । काँग्रेस छ र त मुलुकमा लोकतन्त्र सुरक्षित छ भन्ने आभाष दिलाउन सक्नुपर्छ ।’

नेता पौडेलले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको बताए । कम्युनिष्टहरु अधिनायकवादी हुन् भन्दै पौडेलले सत्ता पक्षबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा षडयन्त्रका प्रपञ्चहरु रचिएको उल्लेख गरे । उनले काँग्रेस र कम्युनिष्टले भन्ने गरेको समाजवादमाथि बहस गर्नुपर्ने औंल्याए । सिद्धान्तको बहसमा कम्युनिष्टहरुलाई उतार्नुपर्ने पौडेलको जिकिर थियो ।

नेता पौडेलले सरकार निरकुंश व्यवस्था स्थापना गनेर्तर्फ लागेको आरोप लगाए । शान्ति सुरक्षा कायम, देशमा शुसासन र विकास निर्माणका काममा वर्तमान सरकार पूरै असफल रहेको दाबी गरे । सरकारबाट विकासको लक्षण देखाउन नसकेको उनको आरोप छ ।

‘अनुकुल अवसर र स्थायी राजनीतिक स्थिरता प्राप्त गर्दा पनि यो सरकार पूर्णतः असफल बनेको छ,’ उनले भने, ‘सरकार दलगत स्वार्थअनुसार देशमा कम्युनिष्टीकरण गर्न अग्रसर छ । राज्यका निकाय र संयन्त्रहरुमा अनावश्यक जबरजस्ती हस्तक्षेप बढाएको छ । संवैधानिक निकायहरुलाई निस्तेज पारिएको छ ।’

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले सरकारको गलत रबैयाका कारण कर्मचारीमाथि भार परेको बताए । निजामति कर्मचारीमाथिको सरुवा बढुवा जस्ता कार्यहरुमा वर्तमान सरकारले चालेको अप्रजातान्त्रिक र अराजनीतिक हस्तक्षेप बन्द गर्नुपनेर्मा उनले जोड दिए ।

नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीका संयोजक शिव शर्माको अध्यक्षता, स्वागत र धन्यवाद ज्ञापन रहेको कार्यक्रम सचिव विनोद रेग्मीले संचालन गरेका थिए ।

नेपाल मुस्लिम संघ गण्डकीको भेला

नेपाल मुस्लिम संघको गण्डकी प्रदेश स्तरीय भेला पोखरामा शनिवार सम्पन्न भएको छ । नेपाल मुस्लिम संघ केन्द्रीय समितिको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा भेला भएको हो । भेला उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्व संसद र सडकबाट शशक्त कदम चाल्नु पर्ने समय भएको बताए । एक वर्षसम्म सरकारका गतिविधि चुपचाप सहदै आएका भन्दै उनले शशक्त अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारले मुस्लिम समुदायको मुख्य पर्व बकर ईदको विदासमेत कटौती गरेर अपमान गरेको बताए । उनले काँग्रेस सवै धर्मलाई उत्तिकै सम्मान गर्ने भन्दै जतिसक्दो धेरै मुस्लिमलाई पार्टीमा संगठित बनाउन आग्रह गरे ।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले विगतको इतिहास मेटाएर र विकास भत्काएर सरकारले पुरुषार्थ प्रदर्शन गरेको बताए । उनले काँग्रेसलाई गाली गर्ने, कर्मचारी आतंकित पार्ने र भ्रष्टाचार गर्ने बाहेक सरकारले केही गर्न नसकेको टिप्पणी गरे । बरिष्ठ नेता पौडेलले देउवा र पौडेल  नेतृत्वमात्र नभएर काँग्रेस मात्र भएर अघि बढेको सुनाए ।  नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले काँग्रेसले जनतालाई सडक, विद्यालय, अस्पताल दिएको भन्दै कम्युनिष्टले भ्रष्टाचार र मंहगी बाहेक केही दिन नसकेको दावी गरे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरु जीवन परियार, सुरेन्द्र पाण्डे, अर्जुन जोशी, फर्मुला मन्सुर, प्रदिप पौडेल, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वसभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष हाजि रफिक मियाँ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान पठान, सहित्यकार हनिफ मियाँलगायतले बोलेका थिए । नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. अताबुल मन्सुरले स्वागत र महासचिव मोखतार अहमद्ले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width