श्रेयाको परिवारलाई जनमुखीको सहयोग

आदर्श समाज सम्वाददाता
माघ ६, २०७५

पोखरा, ५ माघ । बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलाई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।

सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग गर्यो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले श्रेयाको परिवारलाई सहयोग गरेको बताए ।

सहकारीका उपाध्यक्ष एवं युवा व्यवसायी दशरथ सुनारले समाजमा गरिब एवं उत्पीडित समुदायमाथि आपराधिक गतिविध हुनु हेपाहा प्रवृत्ति भएको बताए । ‘जो कमजोर छ उसैलाई निशाना बनाइन्छ,’ उनले भने, ‘उत्पीडित समुदाय माथि उठ्न शिक्षामा जोड दिनुपर्छ ।’

सहकारीकै सदस्य उमेश अछामीले आफ्नो छोरा रञ्जित अछामीको जन्मदिनको अवसरमा श्रेयाको परिवारलाई ११ हजार रुपैयाँ सहयोग गरे ।

श्रेयाकी आमा बेलकुमारीले दैनिक औषधी खानुपर्दा आर्थिक स्थिति नाजुक हुँदै गएको बताइन् ।

Related News

सम्बन्धित समाचार

  • दसैँँका लागि घर सजाउँदै

    रासस असाेज १४, २०७९
    दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन…
  • पत्रकार आचार्य र जोशी सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    नेपालगञ्ज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई प्रदान…
  • सृजना विकास केन्द्रमा कृष्ण थापा

    आदर्श समाज सम्वाददाता असाेज १२, २०७९
    पोखरा । सृजना विकास केन्द्रको ४५ औं साधारण सभाले अध्यक्षमा कृष्णबहादुर थापालाई निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • व्याकुल माइलालाई  मासिक ५० हजार, सत्यमोहनलाई एक नर्स

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा ।  सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध…

hero news full width