पोखरा, ५ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको पहलमा पोखरा, बैदामको सडक किनारमा अन्धाधुन्ध मासु पोलेर व्यवसाय गनेर्माथि अनुगमन थालिएको छ ।
सडक किनारमा अन्धाधुन्ध पोलेको मासुले सर्वसाधारणको स्वास्थ्यमा हानी नोक्सान गर्ने भन्दै सामुदायिक प्रहरी सेवा केन्द्र बैदालको पहलमा व्यवसायीहरुमाथि अनुगमन थालिएको हो ।
पोखरा वडा ६ कार्यालय र वडा प्रहरी कार्यालय बैदामको समन्वयमा हल्लनचोकदेखि फेवाताल स्वीमिङपुल घाटसम्म सडक छेउमा मासु पोल्ने व्यवसायीमाथि अनुगमन गरी उक्त कार्यमा रोक लगाइएको हो ।
अन्धाधुन्ध रुपमा धूँवाको मुस्लो फ्याकी सर्वसाधारणको जनस्वास्थ्यमा हानी पारेको भन्दै सामुदायिक बैदामले त्यस कार्यमाथि रोक लगाएको सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईले जानकारी दिइन् ।
सो अनुगमनमा पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीलगायत वडा सदस्य एवं विभिन्न आमा समूहको प्रतिनिधित्व थियो ।
सामुदायिक बैदाम सदस्य ठाकुर बरालका अनुसार हल्लनचोकदेखि फेवाताल स्वीमिङ पुल घाटसम्म करिब १२ र फेवाताल छेउका ८ गरी करिब २० त्यस्ता पसलमा अनुगमन गरी सो कार्यमा रोक लगाइएको हो ।
त्यस्तै, फेवाताल किनारका सम्पूर्ण फुटट्रयाकमा राखिएका साना व्यवसायीलाई समेत सो क्षेत्रबाट हटाइएको छ ।
सामुदायिक बैदामले आगामी दिनमा नियमित अनुगमन गर्दै जाने सचिव नेत्र भण्डारीले बताए ।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९