लमजुङ, ३ माघ। सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण थालेको छ। लमजुङमा ट्राफिक प्रहरीले पहिलो पटक विहीवार सवारी चालकको स्वास्थ्य जाँचसहित सवारीको अवस्था परीक्षण शुरु गरेको हो । ‘सवारी चेकजाँच होला भनेको थिएँ, आफ्नै स्वास्थ्य चेक भयो,’ बसचालक नवराज वाग्लेले भने, ‘ट्राफिक प्रहरीले राम्रो कामको शुरुवात गरेको रहेछ।’
‘सवारी दुर्घटनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ नाराका साथ स्वास्थ्य कार्यालयका प्राविधिकको सहयोगमा सो कार्य गरिएको हो ।
‘चालकको ब्लड प्रेसर, आँखाको स्वास्थ्य जाँचसहित सवारीको अवस्था र आवश्यक कागजात चेक गरिएको छ,’ ट्राफिक प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले भने। उनका अनुसार ट्राफिकको केन्द्रीय कार्यालय निदेर्शन अनुसार हरेक हप्ता चेकजाँच गरिने छ। पहिलो दिन ५१ सवारीचालकको स्वास्थ्य अवस्था, सवारीको अवस्था चेकजाँच गरिएको ट्राफिक हवल्दार भूमिराज घिमिरेले जानकारी दिए। वेशीशहरबाट छुटेका र आउँदै गरेका सवारीमध्ये बस २३, ट्याक्टर ४, जिप/कार १५ र मालबाहक ट्रक ९ को जाँचसहित सम्बन्धित चालकको स्वास्थ्य जाँच गरिएको हो । यसअघि ट्राफिक चेकजाँचक्रममा सवारी कागजात र मादक पदार्थ सेवन (मापसे) मात्रै जाँच हुँदै आएको थियो । अब सवारीको अवस्था र चालकको स्वास्थ्य नै परीक्षण भएपछि ट्याक्सी चालक बुद्धि क्षत्रीसमेत खुसी देखिन्थे। उनले भने, ‘ट्राफिक प्रहरीले शुरु गरेको अभियानमा हामी सबैले साथ दिनपर्छ।’
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा वेशीशहर–२, भकुण्डेवेशीमा सो परीक्षण गरिएको हवल्दार भूमिराज घिमिरेले बताए।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
रेडक्रसको जुनियर तथा युवा रेडक्रस शिविरद्वारा ‘१९ बुँदे आर्वा घोषणापत्र’
सहाराका बालकहरुसँग जन्मदिन, नगद र खाद्यान्न सहयोग
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१