पोखरा, ३ माघ । आठौं संस्करणको रञ्जित गुरुङ स्मृति बगर भाइखलक एट–ए–साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता पोखरामा माघ ८ देखि शुरु हुँदैछ ।
बगर भाइखलक संस्थाको आयोजनामा हुने प्रतियोगितामा विदेशी २ टिमसहित २६ टिमले प्रतिस्पर्धा गर्ने विहीवार पत्रकार सम्मेलनमा संस्था अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समिति संयोजक दिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार विदेशी टिममा भारतको कलकत्ता र सिलिगुढीको टिमसहित पोखराबाट ७, काठमाडौंबाट ७ र बाँकी मोफसलका अन्य ठाउँबाट १० टिमले भाग लिनेछन् ।
पोखराको पुरानो टुंडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा माघ १२ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय चर्चित खेलाडी उपेन्द्रमान सिंह र बालगोपाल महर्जनलगायतका भेट्रान्स खेलाडीले सहभागिता जनाउनेछन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गनेर्छन् ।
त्यस्तै, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीलाई ट्रफीसहित जनही ५ हजार पुरस्कार प्रदान गरिने छ ।
‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूल नारासहित बगर भाइखलक पोखराले २०६८ सालदेखि भेट्रान्स फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ ।
४० वर्षदेखि ६५ वर्षको उमेर समूहका पाका खेलाडी प्रतियोगितामा भाग लिनेछन् । गत वर्ष आयोजकले खेल जितेको थियो ।
यसपालि पूर्व अन्तराष्ट्रिय फुटबल खेलाडी एवं पूर्व राष्ट्रिय प्रशिक्षक एवं एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापालाई ताम्रपत्र एवं दोसल्लासहित सम्मान गरिने कार्यक्रम छ ।
खेलका लागि कुल १३ लाख ५० हजार खर्च र १८ लाख आम्दानी हुने संस्थाको अनुमान छ ।
संस्थाका महासचिव यामबहादुर गुरुङले बचत रकममध्ये १ लाख ५१ हजार सामाजिक उत्तरदायित्वअन्तर्गत टुँडीखेल खेलमैदान स्तरोन्नतिमा खर्चिनेछ ।
Related News
सम्बन्धित समाचार
प्रखेप सदस्यसचिव नियुक्ति प्रकरणमा अदालत भन्छ : योग्य उम्मेदवारको मात्र परीक्षा लिनू
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९