शिक्षणशैलीले थापालाई अवार्ड

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
Screenshot_20190105-163938_Chrome_Fotor

लमजुङ, ३ माघ। लमजुङका शमशेरबहादुर थापा अन्तराष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन् । विश्वका १ सय ७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपाली नागरिकमा उनी एकमात्र हुन् ।

आगामी मार्चमा दुवईमा सम्पन्न हुने सो पुरस्कार वितरण समारोहमा आयोजक यूके मार्की फाउण्डेसनले थापालाई पाँच रातका लागि आतेजाते खर्च समेत बेहोर्ने गरी निमन्त्रणा गरिसकेको छ।

अनलाइन माध्यमबाट उक्त पुरस्कार दाबी गनेर्मा १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । तीमध्येबाट ३८ देशका ५० जना छनौैट हुनेमध्ये आफू एकजना मात्र नेपाली भएको थापाले बताए। पुरस्कार राशि एक मिलियन अमेरिकन डलर रहेको छ। त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक हुनेछ ।

वेशीशहर–३, गाउँशहरका स्थायी बासिन्दा थापाले करिब ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहेर सेवा गरे । थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको संस्थापक प्रिन्सिपल रहेर सञ्चालन गर्दै आएका छन्।

अंग्रेजी माध्यमबाट पढाई हुने ती विद्यालयमा फि अनिवार्यता छैन । गरीब परिवारका विद्यार्थीले सो विद्यालय पढ्छन् । हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदैआएको छ ।

थापानका अनुसार विद्यार्थीलाई आवश्यक किताव, कापी, कलममात्र नभई पोशाकको समेत प्रबन्ध विद्यालय सञ्चालकतर्फबाट गर्ने गरिएको छ। विद्यालय पूर्णबालमैत्री वातावरणमा अध्यापन गर्ने गरिएको थापाको भनाइ छ। उनका अनुसार विद्यालयको पोशाकमा पूरै नेपालीपन झल्कने गरी तय गरिएको छ। टाइ लगायत वस्तुको प्रयोग गरिँदैन ।

बिहान प्रार्थना हुनुअघि विद्यार्थीलाई नाच्न लगाइन्छ, घोड चढी त्यो विद्यालयको अर्को विशेषता रहेको थापाको भनाइ छ। उनले भने ‘घोड चढीले विद्यार्थीमा आत्मविश्वास बढ्ने, साहसी स्वभावको विकास हुने देखिएको छ।’

विद्यालयमा शनिबार विद्यार्थीलाई कुकिङ सीप सिकाइन्छ। त्यसले बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको अभिवृद्धि हुनुका साथै बालबालिकाले विभिन्न परिकार खान पाउने हुँदा उनीहरूलाई कुपोषणबाट बचाउन र पढाइप्रति रुचि जागृत गर्न मद्दत मिल्ने थापाको भनाइ छ

विद्यालयमा देखिएको सोही वातावरणका आधारमा आफूलाई पुरस्कारका लागि छनौट गरिएको हुन सक्ने उनले अनुमान गरे । यसअघि उनले ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ प्राप्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ…
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने…
  • न्यायिक समितिबीच अनुभव साटासाट

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच अनुभव आदानप्रदान गरिएको छ । घोराहीका उपप्रमुख हुमकुमारी डिसीको नेतृत्वमा आएको…
  • ‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका आलु र सुन्तला र दूधजन्य वस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा कुनै…
  • जिसस महासंघ गण्डकीको सपथ

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्वाचित गण्डकीका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण आइतबार भएको छ…

hero news full width