खैरेनीटार, ३ माघ । शुक्लागण्डकी–२, एकेलेखेतस्थित हंसवाहिनी माध्यमिक विद्यालयको ५६ औ वार्षिकोत्सव एवं ४७ औं अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नैतिक शिक्षा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले आजको आवश्यकता विद्यार्थीका लागि नैतिक शिक्षा आवश्यक भएको औल्याउँदै जनशक्ति उत्पादन गर्नका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारको अहम भूमिका रहने हुँदा समय सुहाउँदो प्राविधिक शिक्षामा सरोकारवाला चनाखो हुनु पनेर्मा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्यक्रममा गुणस्तरीय शिक्षा र प्रविधिक शिक्षा नै आजको आवश्यकता रहेकोमा जोड दिए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, छात्रा मनिस खनाल, छिमेकी विद्यालयका शिक्षक ओमकार खनाल, अभिभावक सावित्री पण्डित, भूपू विद्यार्थी राजेश बुढामगर लगायतले बोलेका थिए ।
विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा विद्यालयको शैक्षिक क्षेत्र र व्यवस्थापन क्षेत्रमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य तुलाराम पन्थी, शिक्षक चन्द्रकला खनाल र गगांकुमारी गुरुङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरीएको थियो ।
शिक्षक ठाकुरप्रसाद खनालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा शिक्षकद्वय सरला रेग्मी र हरिश्चन्द्र भण्डारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९