तालवाराही माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
Taalbarahi School_Fotor

पोखरा, ३ माघ । पोखरा–६, वैदामस्थित तालवाराही माविले विविध कार्यक्रमसहित ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले वार्षिकोत्सव समारोह विहीवार उद्घाटन गर्दै मुलुककै शिक्षामा आमूल परिवर्तन हुनुपर्ने औंल्याइन् । सामुदायिक विद्यालयहरुको शिक्षण विधिमा परिवर्तन ल्याउनुपनेर्मा मन्त्री पुनको जोड थियो । उनले शिक्षक शिक्षिकाहरुलाई समयानुकूल परिवर्तन हुन आग्रह गरिन् । मन्त्री पुनले प्राविधिक शिक्षामा जोड दिइन् ।

‘गण्डकी प्रदेश सरकारले प्रदेशभित्र प्राविधिक विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य लिएको छ,’ मन्त्री पुनले भनिन्, ‘हरेक नागरिकलाई उत्पादनमा लगाउन प्रदेश सरकारले प्राविधिक शिक्षा लागू गर्न जोड दिएको छ ।’

प्रदेश सांसद राजीव पहारीले तालवाराही मावि प्रदेशकै नमूना विद्यालय बन्नुपनेर्मा जोड दिए । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका सांसद पहारीले नमूना विद्यालय बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, पीएन क्याम्पसका प्राडा देवेन्द्रबहादुर लामिछाने, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लिलाभक्त आचार्य, पूर्व अध्यक्षहरु परशुराम पहारी तथा चूडामणि पहारी र प्रधानाध्यापक भद्रकाली लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीलाई विविध अक्षयकोष वितरण गरिएको थियो ।

यस वर्षदेखि विद्यालयमा कृष्णकुमारी पहारीले ३ लाख ११ हजार १ सय ११, कृष्णप्रसाद न्यौपानेले १ लाख ५ हजार, बुद्धिबहादुर नेपालीले १ लाख २ हजार र ईन्द्रप्रसाद पौडेलले ५१ हजार ५ सयको थप अक्षयकोष स्थापना गरेका छन् ।

कार्यक्रममा उत्कृष्ट विषयगत शिक्षकहरुमध्ये शारदाकुमारी गुरुज्यू अंग्रेजी, माधवप्रसाद पौडेल दश जोड दुई गणित र नारायणी ढकाल बजार शास्त्रलाई विद्यालयले सम्मान गर्यो ।

कार्यक्रममा विद्यालय प्रधानाध्यापक भद्रकाली लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ टीकाराम पण्डितले स्वागत र सहायक प्रअ ताराप्रसाद पोखरेलले संचालन गरेका थिए ।

‘लेकका हामी केटाकेटी’ शीर्षकको बालगीतमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग