फाइल फोटो
पोखरा, ३ माघ । लेखनाथमा निर्माणाधीन पोखरा जुलोजिकल पार्क हेर्न जानेको यतिखेर बाक्लो भिड छ । युनाइटेड क्लबले अमरसिंहचौरमा जारी महोत्सव हेर्न आउने दर्शकलाई पार्कसम्म निःशुल्क लैजाने र ल्याउने सहज व्यवस्थाले भीड बढेको हो । त्यसमा लेखनाथ बस सञ्चालक समितिको सहकार्य छ ।
महोत्सव स्थलबाट चिडियाखानको झल्को दिने गरी सजिएको बसबाट पचभैयामा रहेको १३४ हेक्टर सामुदायिक बनमा निर्माणाधीन जुलोजिकल पार्कको अवलोकनका लागि दैनिक बस लाग्ने गरेको र हालसम्म ८ सय बढीले पार्क अवलोकन गरिसकेको महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए ।
महोत्सव आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण हुनुपर्दछ भनी आवाज उठाउँदैआएको युनाइटेड क्लबलाई मुलुक संघीय संरचनामा गएसंगै गण्डकी प्रदेश सरकारले चिडियाखाना निर्माणको स्वामित्व ग्रहण गरेपछि आफ्नो उद्देश्य पूरा हुने छनक मिलेको छ ।
नवौं संस्करणको पोखरा महोत्सव सञ्चालन भइरहँदा हालसम्म क्लबले मात्र ४५ लाख ८५ हजार जुलोजिकल पार्कमा खर्च गरिसकेको जनाएको छ ।
पोखरा ३०, ३१ र ३२ वडामा रहेको १ सय ३४ हेक्टरमा फैलिएका सामुदायिक वनहरु पचभैया, चैनपुर र चायापानी चिसाकुना सामुदायिक बन क्षेत्रमा यतिवेला जुलोजिकल पार्कको काम तीब्र गतिमा अगाडि बढेको छ ।
युनाइटेड क्लब, साविक लेखनाथ नगरपालिका र पोखरा महानगरपालिकाको सहयोगमा उक्त स्थानमा वन्यजन्तु उद्धार केन्द्र निर्माण सम्पन्न भइसकेको छ । गण्डकी प्रदेश आसपासमा घाइते अवस्थामा भेटिएका वन्यजन्तुलाई उद्धार गरी केहीलाई खुल्ला रुपमा छाडिसकिएको छ । तीनै जनावरहरुको अवलोकनका लागि पोखरा महोत्सव सञ्चालन अवधिभर निशुल्क बसको ब्यवस्था गरेको छ ।
बिहीबार महोत्सवस्थलबाट चिडियाखाना निर्माणस्थल पुगेर फकेर्की पोखरा–१५, काजीपोखरीकी चीजा गुरुङले महोत्सवमा आफूहरुले खचेर्को पैसाबाट यति ठूलो काम भएको रहेछ भन्ने थाहा पाउँदा दङ्ग परेको बताइन् । गुरुङले पहिलो पटक अजिंगर, मृग, आकाशमा उड्ने बाजलाई नजिकबाट हेर्न पाउँदा निकै खुसी लागेको बताइन् ।
उक्त स्थानमा हाल प्रदेश सरकारले १ करोड ५० लाख बिनियोजन गरी विभिन्न १० वटा पूर्वाधारहरु निर्माण कार्य भइरहेको छ । प्रदेश सरकारले उक्त क्षेत्रमा चिडियाखानाको डिपिआरका लागि छुट्टै १ करोड ५० लाख रुपैयाँ निकासा भइरहेको र आगामी असोजबाट सर्वसाधारणलाई समेत जुलोजिक पार्क अवलोकनमा खुला गरिने जुलोजिकल पार्क अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।
यता, महोत्सवको सातौं दिन विहीवार चर्चित गायिका ज्योति मगरको प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दियो ।
उनीसँगै जीवन दाहाल, माधव चापागाई, आयुस परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुति रहेको थियो भने हास्यब्यङ्ग्यतर्फ दीपक थापाको प्रस्तुति रह्यो ।
सांस्कृतिक कार्यक्रमतर्फ तरेली सांस्कृतिक परिवारको लोकसंस्कृति रहेको थियो भने लालीगुराँस पुन मगर समाजले थाली नाच देखायो । लाइभ ब्याण्डतर्फ दीपक बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुतिमा दर्शक रमाए ।
महोत्सवमा दोहोरीतर्फ गायक पशुपति शर्मा, जीवन दाहाल, प्रदिप त्रिपाठी, कृष्ण भण्डारी, शंकर पन्त, अनिता लामिछाने इन्द्रा गुरुङ लगायतको प्रस्तुति रहने सांस्कृतिक संयोजक राजु श्रेष्ठले बताए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९