मुनाल सहकारीको वार्षिकोत्सवमा सहयोग

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५

पोखरा, ३ माघ । मुनाल बचत तथा ऋण सहकारी संस्था लि.बिहीबारबाट स्थापनाको दशौं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ।

सहकारीले वार्षिकोत्सव अवसरमा लेकसाइडस्थित कोपिला नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ।

कोपिला नेपालका संस्थापक अध्यक्ष तीर्थ थापा र कार्यकारी निदेर्शक बिना शिलवाललाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु र कोपिला नेपालका प्रतिनिधिको उपस्थिति थियो।

कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको सहकारी संस्थाका सचिव मगनलाल श्रेष्ठले बताए। सहकारीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा यसैगरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको सहकारीले नयाँबजारस्थित आफ्नै निजी भवनबाट सेवा प्रदान गर्दै आएको छ। एजेन्सी

Related News

सम्बन्धित समाचार

hero news full width