वाइडबडीः सत्यको खोजी गरौं

आदर्श समाज सम्वाददाता
माघ ३, २०७५

काँग्रेसले नेपाल वायु सेवा निगमका वाइड बडी जहाज खरीदमा भएको अनियमितता र अर्बौ रकम घोटलाका सम्बन्धमा गम्भीर र गहिरो छानबिनको माग गरेको छ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको यो प्रकरणलाई नजिकबाट अध्ययन गरिरहेका उल्लेख गर्दै सो पार्टीले आर्थिक अनियमितताको अध्ययनका लागि अख्तियार प्राप्त संसदीय र संवैधानिक संस्थालाई सबैले सघाउनुपर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, “जहाज खरीदको अध्ययन, बोलपत्र आह्वान, रकमको जमानी, कम्पनीको छनौटदेखि खरीद प्रक्रिया पूरा गरिदा र जहाज आइपुग्दासम्म राजनैतिक र प्रशासनिक नेतृत्वबाट जे सकारात्मक भएको छ त्यसलाई सहना गरौला।”

काँग्रेसले वाइड बडी जहाज खरीदमा सार्वजनिक खरीद ऐनको उल्लङ्घन, विचौलिया कम्पनीसँगको कारोवार, खरीद या भाडामा भन्ने गम्भीर अस्पष्टता, प्रारम्भमा उल्लेखभन्दा कम क्षमताको जहाज आयात तथा अर्बौ कमिसनको चलखेलका बारेमा सम्पूर्ण सत्य तथ्य अनुसन्धानबाट सार्वजनिक गर्न माग गरेको छ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

    रासस मंसिर १६, २०७९
    पाल्पा । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप…
  • गोरखकाली रबर उद्योग : चिनियाँ टोलीको उद्योग सञ्चालनमा चासो

    प्रकाश ढकाल मंसिर १६, २०७९
    पोखरा । नेपालमा भारत, चीन, इटाली, अमेरिकालगायत देशबाट बढी टायर भित्रिन्छ । बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढी टायर खरिदमा नेपालले…
  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…

hero news full width