ब्रह्मरूपा माविको ३९ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ३, २०७५

लेखनाथ, २ माघ। पोखरा–३२, राजाको चौतारामा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयको ३९ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसका प्राडा कृष्णप्रसाद भण्डारीले शिक्षक र अभिभावकबीच सुमधुर सम्बन्ध कायम हुन सके शैक्षिक विकासमा प्रगति हासिल गर्न सकिने बताए ।

विद्यालय निरीक्षक विश्वराज आचार्यले विद्यालयलाई प्रदेशकै उत्कृष्ट नमूना प्राविधिक विद्यालयको रुपमा विकास गरी समृद्धिका ढोका खोल्नुपर्ने, सर्वसुलभ र समान ढंगले शिक्षा क्षेत्रलाई उत्पादन क्षेत्रसंग जोड्नुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा भण्डारढिक स्रोतकेन्द्रका श्रोतव्यक्ति विष्णुप्रसाद तिवारी, लक्ष्मी माविका प्रअ जगन्नाथ अधिकारी, विव्यसका पूर्व सदस्य यमबहादुर विक, भवानी कालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, स्मल स्माइल हेभेन एकेडेमीका प्रिन्सिपल ध्रुव गिरी, पूर्व विद्यार्थी खेमराज अधिकारी, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सीमा थापा, अभिभावक शोभाखर सुवेदी र जीवनाथ तिमल्सिना, शिक्षक तेजनप्रसाद अधिकारी लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उन्नतिबारे बोलेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तम बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गालाल पण्डितले विद्यालयको प्रगति विवरण र भावि योजना प्रस्तुत गरे। विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको कार्यक्रममा शिक्षक मुक्तिनाथ पण्डित, जनार्दन सुवेदी, मधुसूधन सापकोटा, संगीता कँंडेल, शिवराम दाम, शंकरप्रसाद मरासैनी, भवानी ढकाल र पिटी शिक्षक सतिधर पौडेललाई सम्मान गरिएको थियो।

२०१५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ८ सय १५ जना विद्यार्थी र ४३ जना शिक्षक कर्मचारी रहेका छन्।

विद्यालयमा प्राविधिक धारतर्फ कम्प्युटर इञ्जिनियरअन्तर्गत कक्षा ९ देखि १२ सम्म र विज्ञान विषयको अध्यापन हुँदैआएको छ ।

कार्यक्रममा विद्यालयमा स्थापित बमहिरा स्मृति पुरस्कार, विचित्रमोहन स्मृति पुरस्कार, चिरञ्जीवी घिमिरे शिक्षा सम्मान पुरस्कार, हरिप्रसाद पगेनी शैक्षिक पुरस्कार, जितवृन्दा छात्रवृत्ति पुरस्कार, गोपीराज÷राधादेवी वाग्ले शैक्षिक पुरस्कार, शालिकराम छलिमाया स्मृति पुरस्कार, प्रतिमा स्मृति पुरस्कार, माधव इन्दिरा पुरस्कार, बाटिका अवार्ड, शौरव स्टेशनरी पुरस्कार र कम्प्युटर शिक्षक कविराज खनालद्वारा प्रदान गरिने कम्प्युटर संस्थापक पुरस्कार वितरण गरियो। सो अवसरमा शैक्षिक र प्रविधि प्रदर्शनी गरिएको थियो भने कार्यक्रम संचालन शिक्षक महेश्वर पण्डित, शंकरप्रसाद मसैर्नी उपाध्याय निर्जीव र मधुसूधन सापकोटाले संयुक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०७९
    पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार साताै…
  • पोखरामा रैथाने भोजन सप्ताह

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । पोखरामा ‘रैथाने भोजन सप्ताह अनि मःम जात्रा’ हुने भएको छ । नेपासा भोजनले मंसिर १० देखि रैथाने खानाको…
  • क्होइबों बनाउन १० लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०७९
    पोखरा । घान्द्रुकमा निर्माण हुन लागेको क्होइबों धिंका लागि घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले मंगलबार घान्द्रुक…
  • पोखरा विमानस्थल : ग्राउण्ड ह्याण्डलिङ माग्यो निगमले

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०७९
    पोखरा । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमलाई प्रदान…
  • जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न वितरण

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०७९
    पोखरा । हङकङलाई कर्मथलो बनाएका देवचन्द्र गुरुङ र सावित्री गुरुङले आफ्नो छोरा सम्राट गुरुङको १० औं जन्मदिनका अवसरमा पोखरा वृद्धाश्रमलाई…

hero news full width

Recent Posts

भर्खरै

trending post

ट्रेन्डिङ्ग