खैरेनी माविको स्वर्ण महोत्सव

आदर्श समाज सम्वाददाता
माघ ३, २०७५
kmv2075102

खैरेनीटार, २ माघ। खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकीको स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। कालिमा स्वास्थ्य क्लिनिक खैरेनीटारले प्राविधिक सहयोग पुर्याएको कार्यक्रममा १ सय ४० जनाको स्वास्थ्य जाँच गरिएको थियो । यस्तै, शुक्लागण्डकी नगरस्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। १०  विद्यालयको सहभागिता रहेको प्रतियोगितामा खैरेनी मावि ‘बी’ प्रथम, खैरेनी मावि समूह ‘ए’ दोस्रो, जनकल्याण माविको समूह तेस्रो भए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक विष्णुहरि तिम्सिना, दीपक भण्डारी, राजेन्द्र तिम्सिना र सुरजकुमार श्रेष्ठले गरेका थिए।

कार्यक्रअघि विद्यालयले प्रभातफेरी गरेको थियो । प्रभातफेरीमा विद्यार्थी, शिक्षक, अभिभावक, वर्तमान तथा पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय समाजसेवी लगायतको सहभागिता थियो ।

प्रभातफेरीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष कमलमोहन घिमिरे, प्रधानाध्यापक केशवराज घिमिरे, सहायक प्रधानाध्यापक राचन्द्र बगाले लगायतले सम्बोधन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width