पोखरा, २ माघ । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरामा द अष्ट्रेलियन युनिभर्सिटी फेयर सम्पन्न भएको छ।
भाटभटेनीमा रहेको ग्लोबल रिचले गरेको फेयरमा ३ सय जना विद्यार्थी तथा विद्यार्थीका अभिभावकले सहभागिता जनाएको ब्रान्च को–अर्डिनेटर सरिता गुरुङले जानकारी दिइन्। फेयरमा अष्ट्रेलियाका २१ भन्दा धेरै युनिभर्सिटीको प्रत्यक्ष सहभागिता रहेको थियो।
फेयरमा विद्यार्थीले अष्ट्रेलिया अध्ययनका लागि जान आवश्यक विषयका बारे आफ्नो कौतुहलता अष्ट्रेलियाकै विश्वविद्यालयका प्रतिनिधिबाटै मेटाएका थिए।
सहभागी अधिकांश विद्यार्थीले अष्ट्रेलियाको शिक्षण प्रणाली, शुल्क, विषय तथा प्रक्रियाबारेमा जिज्ञासा राखेका थिए।
ग्लोबल रिचले वर्षको २ पटक पोखरामा एजुकेशन फेयर गर्दै आएको छ। अष्ट्रेलियामा रहेका ४० युनिभर्सिटीमध्ये २१ बढी युनिभर्सिटीका प्रतिनिधिले त्यहाँको शिक्षा र उक्त शिक्षाका लागि आवश्यक पर्ने योग्यताबारे जानकारी तथा परामर्श प्रदान गरेका थिए।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९