भगवतीबजारमा माघेसंक्रान्ति मेला

आदर्श समाज सम्वाददाता
माघ ३, २०७५
bhagwati tar

पोखरा, २ माघ। मादी–११, भगवती बजारमा आयोजित ऐतिहासिक माघेसंक्रान्ति मेला बुधबार सम्पन्न भएको छ।

आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यका साथ आयोजित मेलामा भएको गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा संरक्षयण युवा क्लब घ्यामरूमको समूह प्रथम भयो । उसले उपाधि सहित ५० हजार रुपैयाँ जितेको छ । जुरे भूमि युवा क्लब तप्राङ द्वितीय हँदै ३० हजार रुपैयाँ प्राप्त गर्यो ।

विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा राष्ट्रज्योति मावि सैमराङ प्रथम हँदै २५ र जनकल्याण मावि मकैखोला द्वितीय हँदै १५ हजार साथमा प्रमाणपत्र पायो । जनमन्दिर आधारभूत विद्यालय थुम्सीकोट तेस्रो हुँदै १० हजार साथमा प्रमाणपत्र पायो भने रत्नशोभा मावि माझठाना सान्त्वना भयो ।

छेलो हान्ने प्रतियोगितामा पोखरा १३ का सूर्यबहादुर अधिकारी प्रथम र स्याङ्जा टक्सारका सुदिन गुरूङ दोस्रो भए । उनीहरुले क्रमशः १० र ६ हजार पाए ।

गाउँस्तरीय डोरी तान्ने प्रतियोगितामा रबैडाँडा समूह (क) प्रथम भयो । मादी ८ रबैडाँडा समूह दोस्रो भयो । उनीहरुले १० र ७ हजार पाए ।

म्यूजिकल चियर्समा पुनम गुरूङ प्रथम, मोति गुरुङ दोस्रो हुँदै क्रमशः ६ र ४ हजार पाएको मेला आयोजक समिति सचिव ज्ञानबहादुर कार्कीले जानकारी दिए।

विजयी खेलाडीलाई मादी गाउँपालिका उपप्रमुख विष्णुमाया पौडेल, बरालडाँडा तमु समाज पोखरा–१२ का अध्यक्ष क्या ढोलबहादुर गुरुङ, मेला आयोजक समिति संयोजक चिनबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरे।

मेला आयोजक समितिका सयोजक चिनबहादुर गुरूङको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन समिति सचिव ज्ञानबहादुर कार्कीले गरेका थिए। मेला उद्घाटन पुस ३० मा प्रदेश सदस्य मीना गुरुङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • हक्की प्रतियोगिता हुँदै

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघ व्यवस्थापनमा शुक्रबारदेखि प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिता हुँदैछ ।…
  • कास्की जुडोमा छन्त्याल

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघ अध्यक्षमा पद्म छन्त्याल निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले छन्त्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित…
  • भेट्रान कप फुटसल जारी

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    लमजुङ । प्रथम भेट्रान फुटसल लमजुङ कपमा दोस्रो चरणअन्तर्गत बुधबार ३ खेल भए । बेसीसहरस्थित सहजी खेल मैदानमा सञ्चालित दोस्रो…
  • गुरुकुल फुटसल उपाधि लर्नस्लाई

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । गुरुकुल विद्यासदन, पोखरा आयोजनामा एसइई दिएर बसेका विद्यार्थीलक्षित गरी भएको फुटसल प्रतियोगिताको उपाधि लर्नर्स एफसी (एसओएस गण्डकी) ले…
  • प्रथम भेट्रान कप फुटसलमा पहिलो चरणका खेल जारी

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    लमजुङ । प्रथम भेट्रान फुटसल लमजुङ कपको पहिलो चरणका ९ खेल सकिएका छन् । तेस्रो दिन सोमबारसम्म ९ खेल सकिएका…

hero news full width