पोखरा, १ माघ । पोखराकी समाजसेवी प्रमिला तझ्या श्रेष्ठलाई ‘सिद्धि–सेतुली स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।
सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक २ वर्षमा प्रदान गर्ने सो पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।
पोखरामा रहेर बालबालिका, एकल महिला र ज्येष्ठ नागरिकका क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदैआएका महिलालाई सो पुरस्कार प्रदान गरिँदैआएको छ ।
प्रमिला मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी प्रदेश अध्यक्ष तथा पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्ता समेत हुन् ।
यस्तै, प्रतिष्ठानले ‘सानिमा स्मृति पुरस्कार’ समाजसेवी हेमबहादुर गुरुङलाई प्रदान गर्ने भएको छ ।
विश्वरत्न शाक्यकी सानिमाको स्मृतिमा स्थापित १० हजार राशिकै सानिमा स्मृति पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो। अपांगता भएका हेमबहादुर अपाङ्ता अधिकारका अभियन्ता हुन्।
सिद्धि–सेतुली स्मृति प्रतिष्ठानले सेतुलीमाया शाक्यको १२ औं वार्षिकी अवसरमा माघ ७ गते ती दुवै पुरस्कारद्वारा उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ।
‘सानिमा स्मृति पुरस्कार तथा सम्मान’ का लागि संस्थापक संरक्षक विश्वरत्न शाक्यका परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना भएको प्रतिष्ठानका अध्यक्ष नरेन्द्रमान लालचनले जनाए ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९