हेमजा, १ माघ । अन्नपूर्ण गाउँपालिका–३ स्थित पाउँदुरकोट युवा क्लबको आयोजनामा भएको छैटौं खुला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।
मंगलबार फाइनलमा प्रगति एससी भदौरेलाई १–० गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । जमसा सञ्जय बुढाथोकीले गोल गरेका थिए ।
विजेताले ७५ हजार र उपविजेताले ४५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको उत्कृष्ट खेलाडीमा धारापानी क्लबका मिलन पौडेल, उत्कृष्ट गोलकिपरमा पाउँदुरकोटका अनिष शाही, वेस्ट डिफेन्समा भदौरे क्लबका रोहित गुरुङ, सर्वाधिक गोलकर्तामा प्रगति क्लबका मिलन गुरुङ र सवोर्त्कृष्ट खेलाडीमा प्रगति क्लबकै अमृत मगर घोषित भए।
प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने औँल्याइन्। उनले क्लबको प्रगतिको कामना गर्दै प्रतियोगितालाई निरन्तरता दिन आग्रह पनि गरिन् ।
त्यस अवसरमा सहयोगकर्ता कुमार गुरुङ, संस्थापक अध्यक्ष कृष्णबहादुर सुनार, कोषाध्यक्ष नवीन गुरुङ, संस्थापक लक्ष्मी गुरुङ, पूर्व अध्यक्ष मनबहादुर गुरुङ तथा पाउँदुर युवा कोष दोहा कतारलाई सम्मान गरिएको थियो । त्यस्तै विभिन्न सांगीतिक प्रस्तुति एवं भेट्रान्स फुटबल समेत भएको थियो ।
खेल संयोजक नवीन गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लब अध्यक्ष ईश्वर शर्माले स्वागत र उपाध्यक्ष अनिल विकले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९