सांग्रिलाका अध्यक्ष प्रसाईंको शपथ

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
shangrila bank chairman oath photo_Fotor

पोखरा, १ माघ। सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईंले शपथ ग्रहण गरेका छन्। प्रसाईंले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बैंकको सम्पन्न चौंधौ वार्षिक साधारण सभाबाट निर्वाचित ६ संचालकमध्ये नवनिर्वाचित संचालकको २ सय २४ औ बैंठकबाट प्रसाई सर्वसम्मत अध्यक्ष चुनिएका थिए।

बैंक तथा बित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लागू भएपछि ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसँगै तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकसमक्ष शपथ लिनुपर्ने व्यवस्थाबमोजिम शपथ लिइएको हो। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निदेर्शक नारायणप्रसाद पौडेलको उपस्थितिमा अध्यक्ष प्रसाईले शपथ लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए।

काठमाडौं बालुवाटारमा केन्द्रीय कार्यालय रहेको बैकले आ.ब. २०७५/७६ को दोस्रो त्रैमासमा करिब  १८ अर्ब ५० करोड निक्षेप संकलन तथा १६ अर्ब ७५ करोड कर्जा प्रवाह गरी करिब २९ करोड ५० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

Related News

सम्बन्धित समाचार

  • सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण…
  • नेप्से परिसूचक बढ्यो

    रासस असार १७, २०७९
    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक…
  • विद्यालयलाई फर्निचर सहयोग

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखरा र ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारी, अर्जुनचौपारीको…
  • बजेटमा नबुझी माइस पर्यटन

    आदर्श समाज सम्वाददाता असार १२, २०७९
    पोखरा । विगत केही वर्षदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग उठिरहेको छ । तर यहाँ अझै पनि हजारौं पर्यटक…
  • पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख

    विजय नेपाल असार १०, २०७९
    पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ ।…

hero news full width