पोखरा, १ माघ। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रदेश सरकारले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि आवश्यक कानून निर्माणको तयारीमा रहेको बताएकी छन्।
राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित श्रीमद भागवत माघेसंक्रान्ति महाउत्सव समारोहमा बोल्दै उनले टाढा गएर तीर्थ गर्नुभन्दा समाजमा पुण्य कार्य गर्दा धर्म मिल्ने बताइन्।
परोपकार महासंघले वातावरण संरक्षण सहित गुरुकुल सञ्चालन गरेर शैक्षिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले यस्ता कृयाकलापमा मुलुकमा तीन वटै सरकारको सहयोग आवश्यक रेहेको बताइन्।
महासंघका विभिन्न गतिविधिको दिगोपनाका लागि ३ सय ६५ जना अक्षयकोष दाता पुर्याउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त कोषमा हालसम्म १ सय ३५ जना पुगेको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।
कल्पवृक्ष, जलस्वच्छता, गौरक्षा, बालगृह, गुरुकुल आश्रम, जेष्ठनागरिक चौतारी जस्ता अभियान महासंघले सञ्चालन गर्दै आएको बताउँदै उनले एकजना अक्ष्यकोषदाताले गरेको दानको व्याजबाट एक दिनको खर्च पुर्याउने लक्ष्य रहेको जानकारी दिए।
ढुंगेसाँघुस्थित महासंघको केन्द्रिय कार्यालय परिसरमा पुस २७ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा संस्थाका अध्यक्ष एवम् भागवत्भाष्कर कमलनयन गौतमले प्रवचन दिँदैआउका छन् ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९