पोखरा, ३० पुस। पोखरा–१९ स्थित सहश्रधारा फाउण्डेशनले रक्तदान कार्यक्रम गरेको छ।
‘रक्तदान जीवनदान’ भन्ने मूलनाराका साथ लामाचौरचोकमा आयोजित कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए।
सहश्रधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोग तथा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो।
वडाध्यक्ष शोभामोहन पौडेलले पहिलो रक्तदाता ममता गर्बुजा मगरलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा जयमनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सञ्जय अधिकारी, सजिलो बचत तथा ऋण सहकारी संसथाका अध्यक्ष निर्मल पौडेल, नवआदर्श सामुदायिक युवा क्लबका पूर्व अध्यक्ष नवीन भण्डारी, प्रहरी हबल्दार रामबहादुर रोका मगर, नेपाल रेडक्रस सोसाइटी लामाचौर उपशाखाका पूर्व अध्यक्ष बुद्विबहादुर खत्री, प्राविधिक अर्जुन ज्ञवालीले बोलेका थिए।
सहश्रधारा फाउण्डेशनका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कर्ण गुरुङले स्वागत र सचिव प्रेम घलेले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९