दश वर्षमै आर्थिक समृद्धि

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७५
prachanda dahal

काठमाडौँ, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताएका छन् ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आइतबार काठमाण्डौंमा आयोजना गरेको सम्मान एवं बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन समारोहमा उनले परिणाममुखी परिवर्तनको बाटोमा अघि बढाउन नसके देश फेरि अराजकताको भुमरीमा फस्ने बताए ।

‘साहित्यिक र सांस्कृतिक दृष्टिले भावनात्मक रुपमा राजनीतिक रुपान्तरण नगरेसम्म परिवर्तन स्थायी हुन सक्दैन,’ प्रचण्ड’ले भने, ‘देश इतिहासकै राम्रो अवसरमा पुगेकाले विकास र समृद्धि नै सबैको लक्ष्य हुनुपर्छ ।’

आफू समृद्धिको यात्रामा समर्पित भएर देशप्रतिको ऋण चुक्ता गर्ने अध्यक्ष दाहालले बताए । साइनबोर्ड कसले के राख्यो भन्दापनि जनतालाई कसले के दियो भन्ने महत्वपूर्ण हुने उनको भनाई थियो ।

खण्डकाव्यको समीक्षा गर्दै डा रामप्रसाद ज्ञवालीले नारी हकहित र चेतनाको विषय उठाउन पुस्तक सफल रहेको बताए । कृतिका माध्यमबाट कवयित्रीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रुपान्तरण जरुरी रहेको सन्देश दिनुभएको उनले जानकारी दिए । लेखिका बस्नेतले फरियामा सीमित गरेर महिलाको क्षमता दबाइएको विषय आफूले साहित्यमार्फत उठाएको सुनाइन् । राम्रा कृतिको अनुवाद गरी विश्व साहित्यमा दर्ज गराउन राज्यले सहयोग गर्नुपर्ने उनले माग गरिन् । कार्यक्रममा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाल आयल निगमका प्रबन्ध निदेर्शक सुरेन्द्र पौडेल, गायक जीवन शर्मा, पत्रकारहरु ओम शर्मा, गोविन्द पोखरेल र ऋषि धमला, सफाइ अभियानकर्मी माला खरेल, क्याप्टेन विजय लामा, साहित्यकार हरिहर खनाल, खेलाडी दमन बस्नेत, चलचित्रकर्मी दयाहाङ राई, कलाकार नारदमणि हार्तम्छालीलगायतलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग