पोखरा, २९ पुस।गण्डकी प्रदेशका सभासद् विन्दुकुमार थापाले अशिक्षा र विपन्नताको फाइदा उठाएर अरुले हिन्दू धर्ममाथि अतिक्रमण गरिरहेको बताएका छन्। राष्ट्रिय परोपकार महासंघ नेपालको ११ औं वार्षिकोत्सव तथा साधारणसभाको आइतबार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। ८५ प्रतिशतभन्दा बढी हिन्दुधर्मावलम्बी भएको देशमा क्रिश्चियनको अतिक्रमण भइरहेको छ, उनले भने–अशिक्षा र विपन्नताका कारण भएको यो विचलनलाई चिरेर अघि बढ्नु आवश्यक छ।
युवा पुस्तामा देखिएको विकृतिलाई हटाउन धार्मिक अनुष्ठानले ठूलो सघाऊ पुर्याउने उनले बताए। महासंघले चलाएका अभियानलाई प्रदेश सरकारबाट हुनसक्ने सहयोगको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो घर परिवारका तर्फबाट ५५ हजार पाँच सय ५५ रुपैयाँ दानको घोषणा गरेका थिए।
पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेले महासंघले चलाएको वातावरण संरक्षण अभियान, बाल आश्रम, गुरुकुल आश्रम, वृद्धाश्रमलगायतका अभियानमा महानगरपालिकाले सहकार्य गर्ने बताए।
जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विरञ्जी गौतमले महासंघका गतिविधिहरुमा युवा सहभागिता बढाउनुपनेर्मा जोड दिए।
संस्थाका सल्लाहकार भक्तराज श्रेष्ठले धेरथोर जति सकिन्छ सामाजिक कार्यमा सहभागिता जनाउने बानी बसाल्नु पर्ने बताए।
सभाको अध्यक्षको आशनबाट महासंघका अध्यक्ष पं. कमलनयन गौतमले सबैको साथ सहयोगबाट विभिन्न अभियानहरु सञ्चालन गरिएको बताए।
सभामा महासचिव विष्णुप्रसाद पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सीता पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रमको उपाध्यक्ष मोहनबहादुर भण्डारीले सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न दानदाता महानुभावलाई सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९