लमजुङ, २९ पुस । गण्डकी प्रदेशको पञ्चवर्षिय योजना तर्जुमा गोष्ठीका लागि लमजुङको सदरमुकाम बेसीशहरमा सुझाव संकलन गरिएको छ । गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासलाई गति दिन दीर्घकालीन योजनालाई प्राथमिकता दिने बताएका छन् ।
प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको जिल्लागत सुझाव संकलन कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
मुख्यमन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहले आ–आफ्नो स्रोतले भ्याउने खालका योजना छनोट गर्नुपर्छ,’ उनले भने, ‘छोटो समयको भन्दा कम्तीमा ३० वषे अवधिका योजना बनाउनु पर्छ । राष्ट्रियस्तरका योजना संघीय सरकारले र प्रदेशस्तरका योजना प्रदेश सरकारले र सानातिना स्थानीय तहले योजना बनाएर अघि बढ्नु पर्छ ।’
उनले रणनीतिक, आवधिक र वार्षिक योजनालाई छुट्टाछुट्टै प्राथमिकता दिनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले विकासको नयाँ ढाँचा बनाएर काम थाल्नुपर्ने बताए । समृद्धिको अभियानलाई सफल पार्न तिनै तहका सरकारबीच समन्वय गरेर एकीकृत विकासको ढाँचाबाट अघि बढ्नुपनेर्मा जोड दिए ।
उक्तअवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताए । पौडेलले भने, ‘अब दीर्घकालीन योजना निर्माण गरेर अघि बढेमा मात्र विकासले गति लिनेछ । पहिलेको अवस्था जस्तो त्रीवर्षीय, पञ्चवर्षीय योजना नभएर कम्तिमा पनि २५ वषे अवधिका योजना बनाउनु पर्छ ।’
कार्यक्रममा वक्ताहरूले विकासका संवाहकहरू के–के हुन सक्छन ? त्यसको उचित खोज र पहिचान गरी तिनीहरूलाई आर्थिक रूपान्तरणका मुख्य सहयोगीका रूपमा लिनुपर्ने बताए । यसैगरी, योजना तर्जुमा गर्दा आर्थिक समृद्धि र जनता सुखी हुने उपयुक्त सूचक विकास गरी ती सूचकअनुरूप विकासका कार्य अगाडि बढाउनुपर्ने उनीहरूको भनाई थियो ।
उनीहरुले प्रदेशको दीर्घकालीन विकासका लागि योजना बनाउनुपर्ने सुझाव दिएका छन् । योजना तर्जुमा गर्दा आर्थिक समृद्धि र जनता सुखी हुने उपयुक्त सूचक विकास गरी ती सूचकअनुरूप विकासका कार्यलाई अगाडि बढाउनुपनेर्मा जोड दिए । वक्ताहरूमा गण्डकी प्रदेशका सांसद मायानाथ अधिकारी, धनान्जय दवाडी, मधु अधिकारी र नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल थिए ।
उक्त कार्यक्रममा जिल्लास्थित आठवटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिले सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका विषयमा आगामी योजनाको रणनीतिक, कार्यनीति र कार्यक्रमबारे समुहगत छलफल गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९