पोखरा, २९ पुस । पोखरामा फागुन १० र ११ गते ३९ औं राष्ट्रिय जुनियर युवा गोष्ठी हुने भएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल भद्रकाली माविको व्यवस्थापनमा गोष्ठी हुन लागेको हो ।
पोखरामा आइतबार आयोजित्र पत्रकार सम्मेलनमा गोष्ठीमा प्रत्येक जिल्लाबाट तीन/तीन जना शिक्षक नायक तथा विद्यार्थी, विदेशी स्वयंसेवक र रेडक्रस केन्द्रीय कार्य समितिका गरी दुई सय ५० जना सहभागि हुने जानकारी दिइएको छ ।
सर्कलले वर्षभरी सम्पादन गरेका गतिविधिको समीक्षा, अनुभव आदान प्रदान र भावि कार्ययोजनाका लागि वर्षेनी गोष्ठी गरिदै आइएको छ ।
‘विद्यालयमा हुन लागेको कार्यक्रम हाम्रो लागि गौरवको विषय हो, नेपाल जुनियर युवा रेडक्रस सर्कल भद्रकाली माविका संरक्षक घनश्याम रिजालले भने, ‘यस कार्यक्रमलाई विद्यालयले पर्वका रुपमा लिएको छ।’
पोखरा–१३ का वडाध्यक्ष दर्शन लामाले वडाभित्र हुन लागेको राष्ट्रियस्तरको गोष्ठीले वडाको पहिचान बढाउने भन्दै तन, मन र धनले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले रेडक्रसको महत्व र उदेश्य जनमानसमा पुर्याउनका लागि कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार समितिका संयोजक राजेश घिमिरेले रेडक्रस अभियानमा यस्ता गोष्ठी जरुरी भएको उल्लेख गरे ।
भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष प्रा. तारा बरालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक नायक झक प्रधानले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९