हेमजा, २९ पुस । पृथ्वी जयन्ती मुल समारोह समिति हेमजाको आयोजनामा भएका जयन्ती अन्र्तगतका त्रिदिवसीय कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङले हेमजामा जयन्ती मनाएकोमा खुसी व्यक्त गर्दै आयोजकले जयन्ती अन्तर्गतका कार्यक्रममा भलिवललाई महत्व दिएकोमा आभार प्रकट गरे।
खेलाडीमा अनुशासनको महत्व अधिक रहेको चर्चा गर्दै गुरुङले स्वास्थ्यका लागि पनि खेल महत्वपूर्ण हुने औँल्याए ।
जयन्ती अन्तर्गतको भलिवल खेलमा हेमजा आधुनिक सुपरमाकेर्टको समूह बिजयी भएको छ । त्यस्तै धौलागिरी सम्पर्क समाज म्याग्दीचोकले उपबिजेतामा चित्त बुझायो । २५–२०, २५–१०, २४–२६, १९–२५ र १५–१० को सेटले पछि पार्दै सुपरमाकेर्टको समूह बिजयी भएको हो ।
बिजेता समूहले नगद ३० हजार, उपबिजेताले रु. २० हजार साथमा ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमबीच लोकदोहोरी कलाकार माया गुरुङ, तुलसा क्षेत्री, नवराज अधिकारी र विष्णु ढुङ्गानाले प्रस्तुतिहरु राखेका थिए ।
नेपालमा विभिन्न समयमा राष्ट्रिय एकता र मेलमिलाप जस्ता विषयमा विमति देखिएका कारण राष्ट्र निर्माता पृथ्वीनारायण शाह कतै ओझेलमा पर्ने त होइनन भन्ने महशुस गरी आफूहरुले कार्यक्रम गरेको आयोजकको भनाई छ ।
मूल समारोह समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष विराज शर्माले स्वागत तथा संचालन सचिव परशुराम अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९