हेमजा, २९ पुस ।माछापुच्छ्रे गाउँपालिका–६, धिताल, हेम्जाकोटमा शनिवारदेखि ल्होसार मेला सुरु भएको छ । स्थानिय जय बराह युवा क्लवको आयोजनामा नयाँ वर्ष सन् २०१९ को आगमन तथा ल्होसारको अवसरमा मेला गरिएको हो ।
मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बरालले धिताल पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको चर्चा गर्दै त्यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपनेर्मा जोड दिए । गणतन्त्र, संघियता, समानुपातिक समावेशीता र धर्म निरपेक्षता जस्ता कुराहरु राज्यका मुलभुत पक्ष भएको जनाएका बरालले मेलबोट हुँदै धितालको सडकखण्ड स्तरोन्नतिका लागि प्रदेश सरकारबाट एक करोड बजेट विनियोजन भएको र टेन्डरको अन्तिम प्रक्रियामा रहेको जानकारी पनि दिए । पर्यटकीय महत्व बोकेका ठाउँहरुमा पुर्वाधार विकासमा जोड दिनुपर्ने सांसद बरालको ठहर थियो ।
गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले मेलालाई धिताल महोत्सव वा माछापुच्छ्रे महोत्सवका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइन् । धितालको पर्यटन विकासका लागि गाउँपालिकाले नौमति बाजापार्क निर्माण गर्न सहयोग गरेको बताइन् । उनले हेम्जाकोट क्षेत्रमा खेलमैदान निर्माणका लागि गाउँपालिकाले पहल गर्ने प्रतिबद्घता पनि जनाइन् ।
वडाध्यक्ष हरीशचन्द्र ढुङ्गानाले वडामा पर्यटकलाई भुलाउने ठाँउहरु विकास गर्न जरुरी रहेको अवगत गराउँदै आगामि वर्षदेखि मेलालाई सहयोग गर्ने बताए । आफूले जनसहभागिताबाट मात्रै योजनाहरु सम्पन्न गर्ने गरेको उनको दावी थियो ।
सो अवसरमा क्लवका संस्थापक राजेन्द्र गौतम, तमु प्लेलु संघ कास्की उपाध्यक्ष प्रभा गुरुङ, समाजसेवी राजाराम पौडेल, धिताल पर्यटन समितिका सुनिल दाहाल, समाजसेवी गोविन्द ढुङ्गाना, क्राउस नेपालका अध्यक्ष चिरञ्जीवी गौतम, पोखरा उद्योग बाणिज्य संघका सदस्य तारानाथ ढुङ्गाना, हेम्जाकोट आधारभूत विद्यालयका प्रधानाध्यापक हरीप्रसाद पौडेल, समाजसेवी अमरबहादुर क्षत्रीलगायतले भनाई राखेका थिए ।
उनीहरुले हेम्जाकोट क्षेत्रमा सभाहल निर्माण गरिनुपर्ने, होम–स्टेको प्रवद्र्घन गर्नुपर्ने, खानेपानीको समस्या समाधान गर्नुपर्ने, मेलालाई महोत्सवका रुपमा विकास गरिनुपर्ने, फेदी–हेम्जाकोट सडकको स्तरउन्नति गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत राखिएका थिए ।
मेला अन्तर्गत आइतवार बौद्घ सिर्जना क्लव घलेल र आयोजकको रातो समुहबीच भएको भलिवल प्रतियोगिता आयोजक जयवराह क्लवले जितेको खेल संयोजक सुन्दर गुरुङले जानकारी दिए । मेला अन्तर्गत भलिवलका अलावा एकल नृत्य, रस्साकस्सी, घौटो फुटाई, ठेलो, म्युजिकल चियरलगायतका प्रतियोगितासमेत हुँदैछ । क्लवका अध्यक्ष रविन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व अध्यक्ष खड्कबहादुर गुरुङले स्वागत तथा संचालन क्लवका सल्लाहकार सोमनाथ पौडेलले गरेका थिए । मेला यही माघ २ गतेसम्म चल्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९