पोखरा, २९ पुस । भौतिक विज्ञान समाज, पश्चिमाञ्चल च्याप्टरमा मिनराज लम्साल निर्वाचित भएका छन् । च्याप्टरको पाँचौ अधिवेशन तथा साधारणसभाले लम्सालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमति गठन गरेको छ ।
जसको उपसभापतिमा सुन्दरप्रसाद ढकाल, सचिव रबि कार्की, कोषाध्यषमा दिपक अधिकारी, सह–सचिव सुजन लम्साल र सदस्यहरुमा अमृत ढकाल, लक्ष्मण थापा, लक्ष्मण तिमिल्सिना, नारायणप्रसाद भण्डारी र प्रदिप सुवेदी छन् ।
उक्त कार्यसमतिको प्रथम बैठकबाट डा. कपिल अधिकारीलाई सम्पादकीय सदस्यका रुपमा समितिमा मनोनयन गरिएको छ । उक्त समितिमा डा राजुराज रेग्मी र भौतिकशास्त्र विभागीय प्रमुख परशुराम पौडेललाई मनोनयन गरिएको छ ।
पहिलो बैठकबाट ७ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाहार सदस्यहरुमा प्राडा प्रदिपकुमार भट्टराई, सह–प्राध्यापक पवित्रमणि पौड्याल, प्राडा शोभाकान्त लामिछाने र सह–प्राध्यापकहरु सूर्यबहादुर जिसी, कुलप्रसाद दहाल, डा कृष्णराज अधिकारी र राम सजिले बर्मा छन् ।
नेपाल भौतिक विज्ञान समाजका सभापति प्राडा प्रदिपकुमार भट्टराईले अधिवेशन तथा साधारणसभाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सेवानिवृत्त सह–प्राध्यापक पवित्रमणि पौड्याल, सह–प्राध्यापकहरु कुलप्रसाद दहाल, डा कृष्णराज अधिकारी, सूर्यबहादुर जिसी, पृथ्वी नारायाण क्याम्पस भौतिक शास्त्र विभाग प्रमुख परशुराम पौडेल, प्राडा कृष्णकुमार श्रेष्ठ र किशोरकुमार पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
डा कपिल अधिकारीको संयोजनमा भएको अधिवेशनको वैज्ञानिक सत्रमा डा कृष्णराज अधिकारी, आविष्कार भुषाल, दामोदर राजभण्डारी र सुमन गौतमले शोधमुलक कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पवित्रमणि विज्ञान प्रतिभा सम्मानबाट उपप्राध्यापक लाक्पा छिरिङ गुरुङ र गौरिदेवी स्मृति प्रोत्साहन सम्मानद्धारा भौतिकशास्त्र विषयमा स्नातकोत्तर तहमा सवोर्त्कृष्ट अंक ल्याउने छात्रतर्फ आविष्कार भुषाल र छात्रातर्फ सृष्टि गुरुङलाई जनही पाँच हजार नगद तथा दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रकै अग्रज भौतिकशास्त्री एवं पृथ्वीनारायण क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमूख सह–प्राध्यापक पवित्रमणि पौड्यालले भौतिकशास्त्रको उन्नयन र प्रोत्साहनका लागि २ लाख ५५ हजार रुपैयाँको उक्त अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषदाता पौड्यालले कार्यक्रममा अक्षयकोषलाई बृद्धि गरेर ५ लाख पुर्याउने प्रतिबद्धता जनाए ।
च्याप्टरका निवर्तमान सभापति जीवन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य डा राजुराज रेग्मीले स्वागत, उपसभापति मिनराज लम्सालले कार्यक्रमबारे प्रकाश र सह–सचिव सुन्दरप्रसाद ढकालले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
हाम्रो यात्रा विब्प्याँटो छ
नियम बन्यो, नियत फेरिएन
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०