पोखरा, २८ पुस । स्याङ्जाली सम्पर्क सदन, पोखराको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले लिलाप्रसाद पंगेनीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल, प्रथम उपाध्यक्ष लालीमाया रेग्मी, द्वितीय उपाध्यक्ष तारा गौतम सुनार, तृतीय उपाध्यक्ष डोलराज पोख्रेल, महासचिव धर्मराज अर्याल, सचिव गोविन्द काफ्ले र कोषाध्यक्ष विष्णुमाया गुरुङ छन् ।
सदस्यमा किशोर पौडेल, शिवबहादुर थापा, धर्मदत्त तिमिल्सिना, विष्णुप्रसाद पोख्ररेल, कृष्णप्रसाद पोखरेल, रुक्मागंत भण्डारी (विश्वास), दिनदयाल पाण्डे र टंकप्रसाद आचार्य चयन भए । कार्यकाल ३ वर्षको हुनेछ ।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई निर्वाचन समिति संयोजक अधिवक्ता सुकदेव गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। निर्वाचन समिति सदस्यमा डोवबहादुर कार्की समेत थिए ।
यसअघि प्रमुख अतिथि गण्डकी प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा गिरीधारी शर्माले सदनको साधारण सभा उद्घाटन गर्दै सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, मुक्तिनाथदेखि लुम्बिनीसम्म बाटो निर्माण छिटोभन्दा छिटो सम्पन्न गरी स्याङ्जामा उत्पादित कृषिजन्य तथा अन्य वस्तुको बजारीकरणमा सहज बनाउनुपर्ने बताए ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापा, छोरेपाटन टोल सुधार समितिका उपाध्यक्ष आनन्द अर्याल, शीतलचौतारी आमा समूहकी सुमित्रा लम्साल, शीतलचौतारी टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद लम्साल, आजीवन सदस्य ऋतुनाथ लम्साल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुक्तिप्रसाद पाण्डे, मेजर दिलबहादुर गुरुङ, संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, लगायतले बोलेका थिए।
सो अवसरमा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा शर्मा, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापा, रोममा राष्ट्रपतिबाट सम्मानित मेजर दिलबहादुर गुरुङ र डा टेकनारायण पौडेललाई सम्मान गरिएको थियो।
यस्तै सदनका पूर्व कार्यसमिति सदस्य डा राजेन्द्र चापागाईले समीक्षात्मक व्याख्या गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन लालप्रसाद श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा शर्माले सदनद्वारा प्रकाशित ‘आँधीको सुसेली अंक–८’ विमोचन गरे भने ।
यस्तै सदनले मुक्तिनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेलाई स्वागत सम्मान गरेको छ । पाण्डे स्याङ्जा कालीगण्डकी गाउँपालिका–४, बिर्घा निवासी हुन् । सदनका अध्यक्ष चिरञ्जीवी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष टेकनारायण पौडेल र संचालन महासचिव तारा गौतमले गरेका थिए।
यसैबीच, सदनले मृगौर्लापीडित पदमबहादुर माझीलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ। वालिङ ९ का २६ वर्षीय पदमबहादुर नवदत्त माझीका छोरा हुन् ।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९