पोखरा, २८ पुस । फूलबारी मन्टेसरी कटेज, प्रि तथा वेसिक स्कूल, नदीपुरले शनिबार आठौं खेलकुद दिवस मनाएको छ।
दिवस अवसरमा आयोजित समारोह उद्घाटन गर्दै पोखरा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुले खेलकुदबाट बालबालिकाको शारीरिक विकास तथा मानसिक विकासमा टेवा पुग्ने भएकाले पढाइ अलावा मन्टेसरीले खेलकुदमा पनि ध्यान दिएकोमा खुसी व्यक्त गरे ।
उनले खेलकुद विद्यार्थी जीवनको एक महत्वपूर्ण कडी भएको बताउँदै पोखरालाई खेलकुदको उर्वरभूमि बनाउन विद्यालयबाट केही नयाँ कार्यक्रम ल्याए स्वागत गरिने बताए।
मन्टेसरी एशोसिएसन कास्कीका अध्यक्ष तथा फूलबारी मन्टेसरी कटेजका प्रिन्सिपल अरुना शेरचनले बाल विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताइन्।
मन्टेसरीका डाइरेक्टर जीवन शेरचन, अभिभावक टोलमाया थापा, स्कक्षा–३ का सुयोग पौडेल र जोयाना गौचन लगायत बोलेका थिए ।
खेलकुद कार्यक्रममा मन्टेसरीका भाइबहिनीहरुले एबीसी योगा र बटरफलाई डान्स प्रस्तुत गरेका छन्।
यस्तै, प्यारेन्स गेममा खिमराज पौडेल तथा म्युजिकल कराप्टमा जुली श्रेष्ठले पुरस्कार प्राप्त गरे। खेलकुदमा टोर्डरदेखि क्लास थ्रीसम्मका विद्यार्थी सहभागी थिए।
कार्यक्रम संचालन शिक्षिका अनिता सुनारले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९