पोखरा, २६ पुस । गण्डकी प्रदेश सांसद् मीना गुरुङ सबै महिलाहरू उद्यमशील बन्नुपनेर्मा जोड दिएकी छन् । महिला उद्यमी संघ नेपाल, कास्कीको पाँचौं साधारणसभा विहीवार उद्घाटन गर्दै सांसद गुरुङले महिलाहरूले अवसर पाएमा जस्तोसुकै काम पनि गर्न सक्ने प्रमाणित गरेको उल्लेख गरिन् ।
उनले उद्यमशीलता विकासमा महिला उद्यमी संघलले सक्रिय भूमिका निर्वाह गरेकोमा प्रशंसा समेत गरिन्। उनले महिला उद्यमी महासंघअन्तर्गत कार्यप्रगति मूल्यांकन आधारमा देशभरिका जिल्लामध्ये कास्कीले दोस्रो स्थान प्राप्त गर्दै पुरस्कृत भएकोमा बधाई दिइन्।
सांसद् गुरुङले प्रत्येक वर्ष कास्की जिल्लाका एक जना सफल महिला उद्यमीलाई महिला उद्यमी संघ नेपाल, कास्कीमार्फत् महिला उद्यमी अवार्ड दिने घोषणा पनि गरिन् ।
सांसद् भएबापत पाउने तलबभत्ता र सरकारी सुविधा सामाजिक कार्यमा लगाउने घोषणा गरेकी सांसद् गुरुङले सोही रकमबाट सो अवार्ड दिने घोषणा गरेकी हुन् ।
उनले संघ कास्कीको पोखरा महानगरपालिकाअन्तर्गत ३३ वटै वडामा संगठन विस्तारका लागि समेत सहयोग गर्ने बताइन् ।
पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चीनु गुरुङले महिलाहरू उद्यमशीलताको विकाससँगै नेतृत्व लिनका लागि समेत तयार हुनुपर्ने बताइन्।
पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमशीलता विकासका लागि जोड दिएको बताउँदै उपमहासचिव गुरुङले महिला उद्यमी संघ नेपाल, कास्कीलाई आफ्नो तर्फबाट सधैं सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा आयोजक संघका सल्लाहकारद्वय कुलदेवी बराल र सीता गुरुङ लगायतले पनि बोलेका थिए। संघकी जिल्ला अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वागत द्वितीय उपाध्यक्ष मीना बराल र स्वागत मन्तव्य प्रथम उपाध्यक्ष पार्वती पौडेल रेग्मीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९