एयरपोर्ट टोल विकासमा सावित्री

आदर्श समाज सम्वाददाता
पौष २७, २०७५

पोखरा, २६ पुस । एयरपोर्ट टोल विकास संस्थाको चौधौ साधारण सभा तथा छैटौं अधिवेशनले सावित्री घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ।

संस्थाको उपाध्यक्षमा श्यामबहादुर श्रेष्ठ, सचिव मञ्जु शाही, सहसचिव ईश्वरी पौडेल, कोषाध्यक्षमा डिल्लीराम पौडेल चयन भएका छन्।

सदस्यमा शोभा पौडेल, संगीता तिमिल्सिना, आशा जिसी, रीना थापा, आशा गुरुङ, कलावती क्षेत्री, केशवराज ढकाल, सरला अधिकारी, शर्मिला रानाभाट र अम्बिका शर्मा छन् ।

सांसद इन्द्रधारा विष्टले टोलको काममा आफू सधैँ क्रियाशील रहने बताए। विष्टले टोलका हरेक क्रियाकलापमा टोलवासीसँंगै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे। पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले टोलका समस्या समाधानका लागि वडासम्म सहज ढंगले पुर्याउन संस्थाले पुलको काम गर्नुपर्ने बताए। महानगरले वडामा परिणाम देखिने गरी काम गर्ने बताउँदै बरालले विभिन्न सीपमूलक तालिम सञ्चालनमा टोल विकास संस्था क्रियाशील हुनुपर्ने सुझाव दिए । वडा सदस्य कृष्णमान ठुसाजुले उज्यालो वडा बनाउने महानगरको योजना पूरा हुन लागेको बताउँदै टोल विकास संस्थाहरु जनताका समस्यामा क्रियाशील हुनुपर्ने बताए ।

पोखरा महानगरपालिका शहरी विकास तथा गरीबी न्यूनिकरणका प्रमुख संविता ढुंगानाले महानगरको केन्द्रमा रहेको वडा ८ लाई उत्कष्ट वडाको रुपमा चिनाउन एयरपोर्ट टोल विकासको महत्वपूर्ण स्थान रहेको बताइन्।

कार्यक्रममा संस्थाका सल्लाहकार ध्रुवराज पौडेल, कर्मशील सहकारीका उपाध्यक्ष संगीता तिमिल्सिना, आमा मिलनका अध्यक्ष इन्दिरा पौडेल, हातेमालो आमा समूहका अध्यक्ष गीता पंगेनी पौडेल, फेवा सिटी अस्पताल सञ्चालक त्रिभुवन पराजुली, नागवेली टोल विकास संस्थाका अध्यक्ष शारदा गिरी, नागढुंगा आमा समूहका अध्यक्ष लक्ष्मी गिरी लगायतले बोलेका थिए । संस्थाका सचिव श्यामबहादुर श्रेष्ठले टोल विकास संस्थामा १ सय ८१ घरधुरी रहेको बताए ।

संस्था अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्री घिमिरे र सञ्चालन सचिव श्यामबहादुर श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…
  • सामुदायिक वन मादीमा सिर्जना

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ मादी गाउँपालिकाको दोस्रो अधिवेशनले सिर्जना अर्याल पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको…
  • जुत्ता व्यवसायीको सभा

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको छैटौं साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघीय सांसद मनबहादुर गुरुङले…
  • मिस्टर पोखरा उपाधि निश्चललाई

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । मिस्टर पोखराको दोस्रो संस्करण उपाधि कास्कीका निश्चल केसीले जितेका छन् । फाइनलमा केसीले अन्य ५ प्रतियोगीलाई पछि पार्दै…
  • महानगरले खुलायो प्रहरी

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । पोखरा महानगरपालिकाले नगर प्रहरीमा भर्ना खुलाएको छ । महानगरले आइतबार सूचना जारी गर्दै ४८ पदमा नगर प्रहरीका लागि…

hero news full width