चितवन, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले १० वर्ष समृद्धिका लागि काम गरेर ‘माथि’ जाने विचार गरेको बताएका छन्। चितवन महोत्सवको बुधबार नारायणगढमा उद्घाटन गर्दै उनले राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने बताए।
भावुक हुँदै दाहालले भने “जुन मैले सोचेको छु, १० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ।” उनले सबैको साथ र सहयोग भयो भने चितवन र नेपाललाई नमूनाको रुपमा विकास गर्न सकिने बताए।
जनतलाई धनी र देशलाई समृद्ध बनाउन सकिएन भने कम्युनिष्ट पार्टीको काम नभएको बताउँदै उनले भने “जनताको जीवनस्तर उठ्नुपर्यो, जनता समृद्ध हुनु पर्यो, जसले गरे पनि हुन्छ। निजी क्षेत्रले गरे पनि हुन्छ, लिवरल ईकोनमिकबाट गरे पनि हुन्छ।” यसको नेतृत्व गर्यो भने कम्युनिष्ट पार्टीको औचित्य सिद्ध हुने उनको भनाइ थियो।
सरकारमात्रैको प्रयासले समृद्धि सम्भव नभएको भन्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताए। निजी क्षेत्रलाई सकारात्मक ढंगले प्रोत्साहित गर्नुपर्ने बताउँदै दाहालले पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने बताए।
अब भ्रमको स्थिति समाप्न भएको भन्दै उनले अब विकासको मोडलको बारेमा पनि भ्रम नरहेको बताए। उनले भने, “अब समस्या छ भने काम गर्ने, एक्सनमा जाने समस्या छ, हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयहरुलाई व्यवहारमा उतार्नुपर्छ।” उनले अगाडि थपे “जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती र समस्या नै हाम्रो अगाडिका अबका समस्या हुन्।”
पार्टीहरु साधनमात्रै भएको साध्य नभएको भन्दै उनले भने “साध्य जनताको सेवा गर्ने कुरा हो।”
आफ्नोबारे विभिन्न कोणबाट विश्वलाई जानकारी भएको भन्दै उनले भने “विश्वभरि बन्न गएको त्यो परिस्थितिलाई नेपाल र चितवनको विकासमा केन्द्रीत गरेर योगदान गर्ने ऐतिहासिक अवसर हो भन्ने मैले ठानेको छु।”
कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले बोलेका थिए।
माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ सय ७० स्टल रहेका छन्। चार विदेशी सहित २२ जिल्लाका प्रदर्शकहरुले स्टल राखेका छन्। महोत्सवमा चीन, भारत, पाकिस्तान र वंगलादेशका स्टलहरु रहेका छन्।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९