पशुपतिनगर, २५ पुस। चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको शुरुआत गरेका छन् । गत साउन १० गते सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह इलामबाट शुरुआत गरेका हुन् ।
डा केसीले पत्रकार सम्मेलन गरी साँझ ५ बजेदेखि इलामको फुलगाछीस्थित पुरानो सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको भवनमा ६ बुँदे मागसहित सत्याग्रहमा बसेको जानकारी दिए । पन्ध्रौँ सत्याग्रह अन्त्य गर्ने क्रममा गत साउन १० गते सरकारसँग राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफूले उठाएको माग समेटेर संसद्बाट पास गर्ने सहमति भएको थियो । तर सहमति विपरित चिकित्सा शिक्षा विधेयक अगाडि बढाएकाले आफूले १६ औँ पटक सत्याग्रहमा बस्नुपरेको उनले बताए। डा केसीले ६ बुँदे मागमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने, कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्न मन्त्रिपरिद्षको निर्णयबमोजिम चोर बाटोबाट दिन लागिएको सम्बन्धन रोक्नुपर्ने लगायत छन् ।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०